
प्युठान राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानले जिल्लामा सार्वजनिक यातायातले चर्को भाडादर ल्याउने गरेको भन्दै आइतबारजिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा जिल्ला समितिका पदाधिकारीको टोलिसहित जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको राष्ट्रिय जनमोर्चा प्युठानका सचीव केशवराज आचर्यले बताउनुभयो।
जिल्लामा लामोसमय सम्म भाडादर कायम गर्ने बिषयमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको आन्तरिक सडकहरुमा भाडादर अत्यधिक हुदा समुदाय मर्कामा परिरहेकोले जनताको दैनिकी आवाज लिएर जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनुभयो।
उहाँले भन्नु भयो नजिकै छिमेकी जिल्ला रोल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा भन्दा प्युठानमा धेरै भाडा लिने गरेको बताउनुभयो। साथै उहाँले कतिपय स्थानहरुमा प्रति किलोमीटर २० रुपैया सम्मका दरले लिने गरेको भन्दै यो बिषयमा तत्काल निकास गर्न आग्रह गर्नु भएको छ।
यातायातका तमाम समस्या छ्न यात्रुप्रति गरिने ब्याभार, तोकिएको स्थानमा यातायात नपुग्ने र बहानाबाजि लगाएतका समस्या समेत रहेकोले समाधान गर्न आग्रह गर्नु भएको छ।
पार्टीले यातायातका सवालमा पटकपटक ध्यानाकर्षण गराउने गरेको भएपनि समस्या समाधान हुन सकेका छैनन यश बिषयमा सम्बन्धित निकाय मौन भएमा पार्टीले आन्दोलन गर्नपछि नपर्ने राष्ट्रिय जनमोर्चा प्युठानले जनाएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आर्यालले यातायात सेवा सहज सरल गराउन पटकपटक छलफल भएको छ। भाडादर टास गर्न लगाएका छौ। चालक सह चालक हरुलाई ड्रेसको ब्यबस्था गर्नका लागि निर्देशन दिएका छौँ ।
जेष्ठ नागरिकको लागी यातायातमा छुट दिने ब्यबस्था कार्यान्वयन गर्नका लागि सहमति भएको छ । क्रमश सुधार गर्दै छौँ चर्को भाड्दर लगाएतको बिषयमा सर्वपक्षीय छलफल गरि समाधान गर्न सकिने उल्लेख गर्नुभयो।
सरकारले सार्वजनिक यातायातका साधनहरुलाई चार भागमा बाडेर भाडादर कायम गर्ने नितिगत ब्यबस्था रहेको भएपनि यसको सहि ब्यबहारिक कार्यनयन हुन नसक्दा आम जनता मर्कामा छ्न।