शनिबार, साउन १२, २०८१

१७ औं गणतन्त्र दिवसको अवसरमा प्युठानमा विबिध कार्यक्रमगरी मनाइयो

जुमान सिंह के.सी.

प्युठान १७ औं गणतन्त्र दिवस सदरमुकाम खलंगामा मनाइएको छ। महेन्द्र माध्यमिक बिधालयको देखी बजारमा प्रभातफेरि कार्यक्रम गरि जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रम गरिएको छ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको आयोजना तथा मल्लरानी गाउँपालिकाको समन्वयमा दिवस कार्यक्रम गरिएको जिल्ला समन्वय समिति प्युठानले जनाएको छ।

जिल्लामा सरोकारवालाको बिचमा बैठक बसेर जिल्लाभरी सरसफाइ लगाएत सामाजिक सहयोगका कार्यक्रमगर्ने जहाँ जस्ता कार्यगर्न सकिन्छ सबैतहको सहकार्य र समन्वयमा गर्ने निर्णय भएअनुसार कार्यक्रम गरि दिवस सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आर्यालले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आर्यालको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसी रहनु भएको थियो।
औपचारिक कार्यक्रममा शुभकामना राख्ने ब्याक्तिहरुले आन्दोलन बाट प्राप्त गरेको गणतन्त्र खतरापूर्ण रहेको भन्दै यसको संरक्षण र प्राप्त उपलब्धिहरुलाई सस्थागत गराउनका लागि सबै लाग्न पर्नेमा जोड दिएका थिए ।

नेपालमा गणतन्त्र आए पनि जनताको दु:ख जस्ताको तस्तै रहेको भन्दै देशमा सुशासन, भ्रष्टाचार, अनियमितता जस्ताकार्यले तीव्रता पाउदै गएकोमा चिन्ता ब्याक्त गरेका थिए ।
कार्यक्रममा राजनैतिकदलका प्रमुख, सरकारी तथा गैरसरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधि, बिधालयका शिक्षक विद्यार्थी, पत्रकार लगाएत सरोकारवाला निकायको सहभागीता रहेको थियो।

अस्पताललाई एकथान ह्विल्चियर
प्युठान उद्योग बाणिज्य संघले गणतन्त्र दिवसकाे अवसरमा प्युठान अस्पतालमा एकथान हुविलचियर हस्तान्तरण गरेको छ।
अस्पतालमा आउने अशक्त बिरामीहरुको सहजताका लागी हुइलचियर सामग्री हस्तान्तरण गरिएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो।

दृश्टीबिहिन बालबालिकालाई ब्रेलपेपर सहयोग

गणतन्त्र दिवसको अवसरमा आइतबार सामाजिक बिकास डिभिजन कार्यालय प्युठानको सहयोगमा महेन्द्र माध्यमिक बिधालय खलंगामा स्रोत कक्षामा अध्यानरत विद्यार्थीहरुलाई ८० रिम ब्रेललिपि पेपर प्रदान गरिएको सामाजिक बिकास डिभिजन कार्यालय प्युठानका प्रमुख पुन्य प्रसाद न्यौपानेले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal