मङ्लबार, अशोज २२, २०८१

गौमुखीमा निशुल्क मानसिक स्वास्थ्य शिविर, शिविरबाट ९५ जनाले सेवा लिए

 

प्युठान गौमुखी गाउँपालिकाको आयोजना तथा मानसिक अस्पताल लगनखेल ललितपुरको प्राबिधिक सहयोग तथा स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा गौमुखी गाउँपालिकाको पुजा स्वास्थ्य चौकी लिबासेमा निशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर रानामगरले गाउँपालिका भित्र रहेका मानसिक स्वास्थ्यमा समस्या भएका, निद्रा नलाग्नेब्यक्ति, आत्महत्याको प्र्यासगर्ने,बहु स्वास्थय समस्या भएकाब्यक्ति , मनसिक समस्याभइ नियमित औसधि सेवन गर्ने ब्यक्तिलाई मध्यनजर गरि स्वास्थय शिविर संचालन गरिएको जानकारी दिनुभएको छ।

बिहिवार संचालन गरेको शिविरबाट मनासिक रुपमा समस्या भएका नयाँ तथा औसधि सेवन गरिरहेका पुराना बिरामी सहित ९५ जनाले सेवा लिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनुभयो।

निशुल्क विशेषज्ञ शिविरमा मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक डा. अनन्त प्रसाद अधिकारी ,प्युठान अस्पतालकाका मेडिकल अधिकृत प्रिया श्रेष्ठ लगायतको टोलिको सहभागीतामा रहेको जैसीले बताउनुभयो।

गत बर्ष पनि गौमुखी गाउँपालिकाले मानसिक स्वास्थ्य सम्बन्धि शिविर संचालन गरि बिरामीको उपचारमा सहयोग गरेकोमा २ जना मानसिक बिरामीहरुको मानसिक अस्पताल ललितपुरमा उपचार गराइएको र ऊनीहरुको अवस्था हाल सामन्य र सुधारत्मक भएको स्वास्थ शाखाका जनस्वास्थ्य निरीक्षक केशव बहादुर केसीले बताउनुभयो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?