शुक्रबार, मंसिर २१, २०८१

अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धि सरोकारवालाका लागी अभिमुखीकारण

 

प्युठान खलंगा मल्लरानी गाउँपालिकाको खलंगामा अपांगता भएका ब्यक्तिको अधिकार सम्बन्धि शसक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजना तथा राष्ट्रिय अपांग सेवा संघ प्यूठानको सह आयोजनामा सदरमुकाम खलंगा जिल्ला समन्वय समितिको कार्यालयमा कार्यक्रम सप्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा अपाङ्गता अधिकारकर्मी जुमान सिंह केसीले अपाङ्गता अधिकार सवालमा सहजीकरण गर्नुभएको थियो ।
केसीले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन-२०७४, स्थानीय अपांगता समन्वय समिति, स्थानीय अपांगता परिचयपत्र सिफारिस समिति, कानुनी अधिकार र सरोकारवाला निकायको भुमिका लगायतका विषयमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले अपाङ्गताको सवालमा जिल्ला सभामा समेत छलफल गरि साझा सवालको रूपमा लिएको भन्दै अपाङ्गता भएका ब्यक्तिको हक अधिकारमा सबैले ध्यान दिनपर्ने बताउनुभयो। उहाँले सकारात्मक सोच राखी अपाङ्गता भएका ब्यक्तिलाई गर्न सकिने सहयोग गर्नसबैमा आग्रह गर्नुभयो।

मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले पालिकाले अपांगता परिचयपत्र बितरण कार्यबिधि २०७५ अनुसार काम गर्दै आएपनि ब्यबहारिक रुपमा त्यो नमिलेको बताउनुभयो । राष्ट्रिय अपाङ्ग सेवा संघले पालिका स्तरीय संजालहरुको क्षेमता बिकास गरि संजाललाई सकृय गराउन आवस्यक रहेको भन्दै गाउँपालिका अपाङ्गता भएका ब्यक्तिको समग्र कार्यमा साथमा रहेको उल्लेख गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले अपाङ्गता सम्बन्धि बनेका नीति नियमलाई कार्यनयन गर्नु सबैको कर्तव्य भएको भन्दै सबै तह र निकायले कार्यनयन गर्दै जामुपर्ने बताउनुभयो।
सहभागीहरुले यातायात, शिक्षामा पाउनुपर्ने सहुलियत नपाएको गुनासोलाई सम्बोधन गर्दै कानुन अनुसारको सहुलियत, छुट पाउनु पर्ने भन्दै आफ्नो तहबाट सहजीकरण गर्ने बताउनुभयो।

प्युठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्काले कानुन बमोजिम अपाङ्गता भएका बालबालिकाले उच्च शिक्षा सम्म निशुल्क पाउने ब्यबस्था रहेपनि सामुदायिक क्याम्पसमा समस्या रहेको बताउनुभयो उहाँले भन्नूभयो हामीले क्याम्पसबाट पनि अपाङ्गता भएका विद्यार्थीलाई मासिक शुल्कमा छुट तथा अन्य छात्रवृत्ति पर्दान गर्दै आएको बताउनुभयो।

एकदिने अभिमुखीकण कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय प्रमुख, जनप्रतिनिधि, संघसस्था, बैंकका प्रतिनिधि, अपाङ्गता संजालका प्रतिनिधि र पत्रकार हरुको सकृय सहभागीतामा कार्यक्रम सम्पन्न भएको सेवा संघ प्युठानले जनाएको छ।

राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका अध्यक्ष हुनाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राष्ट्रिय अपांग सेवा संघ प्युठानका सचिब राजेन्द्र राउत क्षेत्रीले गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?