शनिबार, साउन १२, २०८१

स्वदेश फर्कने आशा मारेका घर्ती कुवेत नेपाली एकता समाजको पहलमा नेपाल पुगे:

कुवेतमा बिरामी परेर अस्पतालमा भर्ना भएर अलपत्र अवस्थामा भेटिएका प्युठानको स्वर्गद्वारीस्थित सारीका नेम बहादुर घर्ती सफल उद्वारपछी नेपाल फर्किएका छन्।
सन २०१६ मा कुवेत पुगेका घर्ती विभिन्न बाध्यताले गर्दा आफू कार्यरत कम्पनीबाट १ वर्षभित्रै सन २०१७ देखि भागेर अवैधानिकरुपमा काम गर्दै आएका थिए। समय वित्दै जाँदा ८ वर्षपछी उनले नेपाल फर्कने निधोसहित राजदुतावासबाट अनुमति लिएर सेल्टरमा पुगेका थिए तर त्यहाँ गएको एक दुई दिन भित्रै उनी बिरामी परेर बेहोस भएपछी तत्काल एम्बुलेन्स मार्फत अस्पतालमा १४ अप्रिल २०२४ मा भर्ना भएका थिए।
अस्पतालमा उनलाई जाँच गर्दा शुरुमा कोरोना पोजेटिभ देखिएता पनि क्रमश: जाँच गर्दै जाँदा उनको एउटा मृगौलाले काम गर्न छोडेको पत्ता लागेपछी डाक्टरहरुले मृगौलासम्वन्धी उपचार शुरु गरेपछी उनको अवस्था सामान्य हुँदै गएको थियो।मृगौला प्रत्यारोपण वा कुनै अप्रेशन गर्न कुवेतमा सहज नभएको कारण उनलाई डाक्टरहरुले डिस्चार्ज गरेर नेपाल जान सल्लाह दिएका थिए। सबै कुरा तैयारी भएपछी अस्पतालको लेखा कार्यालयबाट लगभग ९ लाख नेपाली रुपैयाँको बिल आउँदा उनी छाँगाबाट खसेजस्तै भए र त्यो पिंडा घर परिवारलाई सुनाएपछी पिडितका परिवारले स्वर्गद्वारी नगरपालिका उपप्रमुख मिनराज राना र राजमो नेता बोम बहादुरलाई विरामीको उद्वार गरिदिन अनुरोध गरेपछी राजमो प्रवास इन्चार्ज आनन्द शर्माले कुवैत नेपाली एकता समाजका महासचिव खुम रायामाझीलाई विवरणसहित जानाकारी गराएसँगै एकता समाजको टोली अस्पताल पुग्दा उनी अलपत्र अवस्था भेटिएका थिए।
सबै कुराहरु बुझ्दा विरामी निकै अप्ठ्यारो अवस्थामा रहेको पाइएपछी रायामाझीले पिडितको तर्फबाट निवेदन तैयार गरि नेपाली राजदुतावास,कुवेतका प्रथम सचिव प्रेमराज गौतम मार्फत राजदुतावासमा बुझाएसँगै उनको उद्वार प्रर्किया अगाडि बढेको थियो।
कुवेतका लागि राजदुत घनश्याम लम्सालको निर्देशन,प्रथम सचिव गौतमको सहजिकरणमा राजदुतावासका प्रतिनिधि सिराज अहमदको निरन्तर प्रयासबाट विरामीको उद्वार कार्य सफल भएको हो।
राजदुतावासको पहलमा उनको सम्पुर्ण उपचार खर्च नेपाली रुपैयाँ १४ लाख ६१ हजार ६ सय माफी गराई उनी ३० मे २०२४ का दिन नेपाल उडेका थिए। नेपाल फर्किन सक्छु भन्ने आशा मारेका घर्ती कुवेतको विमानस्थलमा निकै नै भावुक बन्दै कुवेत नेपाली एकता समाज र राजदुतावासले गरेको सहयोग जिवन्त नभुल्ने बताएका थिए।
कुवेत नेपाली एकता समाजका महासचिव रायामाझीका अनुसार अहिले उनि काठमाण्डौको वीर अस्पतालमा उपचाराधिन छन्,परिवारले उनको पुनर्जिवनको लागि आर्थिक सहायताको अपिल गरिरहेको जानाकारी दिनुभएको छ साथै निजको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा उनको उपचारको लागि सबैले सक्दो सहयोग गर्न पनि सबैमा अनुरोध गर्नुभएको छ। यस उद्वार कार्यमा प्युठान स्वर्गद्वारीका स्थानिय नेता गंगाराम बिसीले सम्पर्क गर्न गराउँन भूमिका खेल्नु भएको थियो भने टिकटको लागि प्युठानकै मुक्तिराम केसीले ऋणस्वरुप उपलव्ध गराउँनुभएको छ।
त्यस्तै कुवेत नेपाली एकता समाजले अक्टुबर २०२३ देखि यता विभिन्न समस्यामा परेका नेपाली घरेलु महिला कामदारहरु दाङ,कपिलवस्तु,रुपन्देही,झापा,
स्याङजा र नवलपुर,रोल्पा गरि ७ जनालाई उद्वार गरेर राजदुतावास मार्फत नेपाल पठाएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal