बिहिबार, माघ १०, २०८१

राष्ट्रिय जनमोर्चा दुदिलाभाटीकाे वडा भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा गलकाेट नगरपालिका वडा न.- १, दुदिलाभाटीकाे वडा प्रशिक्षण भेला २०८१ जेठ १२ गते भाटीबजारमा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले दिप प्रजवलन गरि गर्नु भएको थियो । प्रमुख अतिथि थापाले भेला उदघाटन मन्तव्यकाे क्रममा सत्ता सञ्चालनहरु नै ठगी, भ्रष्टाचार र जघन्य अपराधकाे दलदलबाट मुक्त हुन नसकेको साथै राजनैतिक अस्थिरता र संघीयताका कारण मुलुक कमजोर र अार्थिक संकटमा फस्दै गएकोले देशलाई असफल हुन बाट जाेगाउन राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको राष्ट्रियता र जनजिबिकाकाे अान्दोलनलाई सफल पार्न सबैलाई अाव्हान गर्नु भयाे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सल्लाहकार टंक केसी, जिल्ला सदस्य पदम श्रेष्ठ, नारायण सापकोटा, जिल्ला सदस्य तथा गलकाेट नगरपालिका वडा नं १ का वडा अध्यक्ष लाल बहादुर राना, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य भिम पुन, वडा सदस्य तुल बहादुर खत्री, बम बहादुर कार्कीले शुभकामना मन्तब्य दिनु भएकाे थियाे ।

वडा भेलाले रन बहादुर बिककाे अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार सहित २७ सदस्यीय राष्ट्रिय जनमाेर्चा वडा समिति दुदिलाभाटी चयन गरेकाे छ । जसमा उपाध्यक्ष दुर्गा पुन, सचिव ईन्द्रसिङ बुढाथोकी, सहसचिव नन्दु नेपाली, काेषाध्यक्ष हरिमाया सुवेदी सदस्यहरुमा तुल बहादुर खत्री, टीका भण्डारी, देउमाया सुनार,  मीन बहादुर मगर, तारा बहादुर खत्री, मन बहादुर खत्री, मीन बहादुर खत्री, रत्ना सुनार, रन बहादुर बिक, छम बहादुर पुन, दुर्गा खत्री, भिम बहादुर पुन, मीन बहादुर कुंवर, कुमारी कुंवर, अमर बहादुर कुंवर, भुमलाल सुवेदी, तुलसी कार्की, सकुन पन्त कार्की, तारा भण्डारी, बबिता नेपाली, चन्द्रबहादुर खत्री, एक स्थान रिक्त रहेको छ भने सल्लाहकारहरुमा क्या. लिल बहादुर खत्री, दिल बहादुर काउचा, हिरा बहादुर काउचा, नेत्र बुढाथोकी, गुमानसिह पुन, पुर्ण बहादुर खत्री, झम बहादुर कार्की रहनु भएको छ ।

कार्यक्रम राजमो वडा समितिको उपाध्यक्ष दुर्गा पुनको अध्यक्षता, सदस्य हरिमाया सुवेदीकाे स्वागत मन्तव्य र संचालन मीन बहादुर कुंवरले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?