शनिबार, साउन १२, २०८१

छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

दिनेश रैदास दाङ
२०८१ जेठ २१ सोमबार

जातिय समता समाज जिल्ला समिति दाङ्गले अन्तर्क्रिया कार्यक्रम उद्योग बाणिज्य संघको सभाहल दाङ्गको घोराहीमा सम्पन्न भयो।

जातिय समता समाज दाङ्ग जिल्ला अध्यक्ष सूर्यलाल नेपालीको अध्यक्षता र जिल्ला सचिव बलदेव विकको सञ्चालनमा अगाडि बढेको कार्यक्रम ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेटको मौनधारणको कार्यक्रम पछि कार्यक्रममा उपस्थित सबैलाई जिल्ला सहसचिब पोशन नेपालीले स्वागत मन्तवयबाट स्वागत गर्नु भएको थियो।

त्यसैगरी कार्यक्रममा छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा ” विद्यमान सामाजिक अवस्था र छुवाछूत उन्मूलन दिवसको महत्व, विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख अतिथि जातीय समता समाज केन्द्रीय महासचिब भक्त वहादुर विकले घटनाहरूले अझै पनि जाति भेदभाव तथा छुवाछुतको अवस्था वैभव रहेको देखिन्छ। उनीहरू अझै पनि कानुनको पहुँचबाट टाढा रहेको छन्। जाति भएका तथा छुवाछुत अन्त्यका लागि राज्यले अवलम्बन गरेको संवैधानिक लगायत मौजुदा नीति कानुनी व्यवस्थाहरू सबै कागजमा मात्र सिमित रही दलित समुदायका लागि पानी नआउने धारा सरह भएका छन्। मौजुदा कानुनहरूको कार्यान्वायन अत्यन्त फितलो रहेको छ। विभेद स्वरूपहरू फेरिएका छन् सरकारको कर्मकाण्ड प्रतिबद्धता दलित मुद्दालाई राष्ट्रिय मुद्दा नठान्ने मानसिकता पीडकलाई राजनीतिक संरक्षण आदि कारणले बनेका कानुनहरू पनि निषप्रभावि देखिन्छन्।

त्यसैगरी कार्यक्रममा आफ्नो भनाई राख्दै विशिष्ट अतिथि राजमो केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष गणेश आचार्यले आज यो समस्या संपूर्ण मानव समुदाय भित्रको समस्या हो । यो पुँजीवादीले मान्छे मान्छेबीचको भेदभाव गराउँछ। कम्युनिस्टहरूको मुख्य बुँदा उड्पिडित, गरिब वर्गहरूको लड़ाई नै मुख्य हो । राज्य र दार्शनिक विचारले मानविय छुवाछूत छ। लामो समयदेखि जाति भेदभाव र छुवाछुत विरुद्ध दलित समुदायले चलाएको सडक र सदनभित्रको आन्दोलन र अन्तरिम संविधान २०६३ को परिकल्पना अनुरूप जातीय भेदभाव तथा छुवाछुत कसुर ऐन २०६८’ बन्यो जसले निजी सवालमा पनि भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ ।

प्रतिरोध अभियनका संयोजक प्रमोद धितालले वोल्दै जातिय मुद्धा पनि एउटा सामाजिक मुद्धा हो भनेर समाजका अगुवाहरूले बुझ्न सकेका छैनन। आज हामीले समाजले जून जातिको हिसाबले भोगिरहेको छौँ ? आखिर के हो ? छुवाछूत पनि पूर्वजन्मको फल हो । यो आज पुँजीवादले दलितहरूलाई छुवाछूत भित्र घुमाइरहेको छ। त्यसैगरी दलित मुक्ति अभियानकी केन्द्रीय सचिव/ दलित सेवा संघको अध्यक्ष लिला विकले पार्टीसँग हामीलाई सरोकार छैन्। संपूर्ण पार्टीमा भएका दलितहरू अब बाँडिएर होइन एक जुट भएर अगाडि बढ्नु पर्छ। त्यसैगरी नेपाल पत्रकार महासंघ दाङ जिल्ला सदस्य गिरिराज नेपालीले दलीतहरुलाई समुदायको होइन समाजको नेतृत्त्व गरेर अगाडि बढ्नु पर्छ। दलित कोटा होइन अब खुल्ला प्रतिस्पर्ध गर्नु पर्छ। राजनीतिक दलका अगुवाहरूले अब दलितको लागि उठाएको मुद्धाहरु कति सम्पन्न भयो भनेर बार्षिक प्रगति सुनाउनु पर्याे। कमिट नेपालका केन्द्रीय उपाध्यक्ष भीम वहादुर बादी( नेपाली) वोल्दै दलितहरुले बगाएको रगतले मुक्ति पाएनन्। आज दलितको नाम सत्ता र प्रतीपक्ष दलहरुमा दलितको नाममा राजनीति हुदैछ। दलित समुदाय आफैमा दलित होइन। दलितलाई जलाइयो।

कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका जिल्ला अध्यक्ष शंकर नेपाली, नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम विश्वकर्मा, श्रमिक समुदायका केंद्रीय सदस्य विष्णु नेपाली, जातीय समता समाज लुम्विनी प्रदेश सदस्य चन्द्र बहादुर नेपाली, जातीय समता समाज लुम्विनी प्रदेश सदस्य शान्ति सुनार , उद्योग बाणिज्य संघका उपाध्यक्ष ध्रुवराज गहतराज लगायतले मन्तब्य राख्नु भएकाे थियाे। समताको पूर्व अध्यक्ष देव वहादुर विक र युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेलको अतिथित्या रहेकाे थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal