शनिबार, साउन १२, २०८१

नेकपा एमाले प्युठान जिल्ला अधिबेशन सम्पन्न अध्यक्षमा: बिजयबिराज बिष्ट

 

प्युठान नेकपा एमाले प्युठानको १० औं अधिबेशन सम्पन्न भएको छ अधिबेशनबाट बिजयबिराज बिष्ट अध्यक्षमा निर्वाचित हुनुभएको छ।

अध्यक्ष, उपाध्यक्ष पदमा सहमति हुन नसकेपछि मंगलपुर चुनावी प्रतिस्पर्धा भएको हो। अध्यक्षमा बिजयबिराज बिष्टले २९९ मत लिएर बिजय हुनुभएको छ भने उहाँका।प्रतीदन्दी मघुर शर्माले १८५ र अजय सिंहले २४ मत प्राप्त गर्नु भएको थियो।

त्यस्तै उपाध्यक्षमा माधब शर्मा पौडेलले२५७ लियर बिजय हुनुभएको व्ह्ह भने उहाका निकटतम प्रतिद्न्डी नेगन सिंह कुवरले २५१ मत प्राप्त गर्नु भएको छ।

त्यस्तै सचीवमा इन्द्रमणि पोख्रेल, उप सचीवमा हिरामणि भन्डारी र ईश्वरा आचार्य सर्वसम्मत चयन भएको नेकपा एमाले प्युठानले जनाएको छ जिल्ला समितिमा ८९ सदस्य समिति रहने ब्यबस्था अनुसार समिती बनेको निर्वाचन समितिले जनाएको छ।

  • निजुवार स्थित पार्टीकार्यालयमा सम्पन्न जिल्ला अधिबेशनको समुद्घाटन पार्टी महासचीव शंकर पोख्रेलले गर्नु भएको थियो।
    अधिबेशनमा ५२३ जना प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal