शनिबार, साउन १२, २०८१

नेकपा बुटवलउपमहानगरले बुझायो मागपत्र

विनोद खनाल, बुटवल
नेपाल कम्युनिष्ट पार्टी बुटवल उपमहानगर समितिले नगरप्रमुख खेलराज पाण्डे समक्ष १४ बुँदे मागपत्र पेष गरेको छ । मंगलबार नेकपाका केन्द्रीय सदस्य सरद सीको नेतृत्वमा गएको एक टोलीले सो मागपत्र बुझाएको हो ।
बुटवलउपमहानगर भित्रका बिबिध समस्यालाई समेटेर तयार पारेको मागपत्र पेष गर्दै पार्टीका केन्द्रीय सदस्य एवं नगर ईन्चार्ज सरद सी ले नेकपाले उठाएका जनसरोकारका मागहरुलाई यथासिघ्र सम्बोधन गर्न अनुरोध गरेका थिए । जवाफमा जनसरोकारका सबै मागहरुमा नगरपालिका गंभिर भएको र क्रमश कार्यान्वयनमा जाने नगरप्रमुख खेलराज पाण्डेले बताएका थिए ।
तिनाउदानब नदी करिडोर समस्या, भुमिहिन सुकुम्बासी लालपुर्जा बितरण, नगरपालिकाको सेवाप्रवाह एवं सरकारी सेवा शुल्क, नदिजन्य पदार्थको उत्खनन् र निकासी, लक्ष्मीनगर ज्योतिनगर पहिरो, तटबन्ध, सडक निर्माण लगायतका जनसरोकातका १३ बुँदे मागपत्र बुझाउँदै नेकपाले आबस्यक प्रकृया पुर्याई अबिलम्ब मागहरुमा समोधन गर्न अपिल गरेको थियो। मगहरु सम्बोधन नभए संघर्षमा जान बाध्य हुने समेत नेकपाले जनाएको छ।
नेकपा केन्द्रीय सदस्य एवं नगर ईन्चार्ज सरद सी र नगर सेक्रेटेरी विज्ञान सीद्वारा हस्ताक्षरित मागपत्र बुझ्दै नगर प्रमुख खेलराज पाण्डेले सबैका साझा मुद्धा र सरोकारका मुद्धा उठाएकोमा नेकपालाई धन्यबाद ज्ञापन गर्दै सबैको साझा सहकार्य र पहलकदमिमा समस्याको समाधानमा जाने उल्लेख गरेका थिए ।
यस्तोछ मागपत्रको पुर्णपाठ
श्री नगरप्रमुख ज्यू
बुटवल उपमहानगर पालिकाको कार्यालय
बुटवल, रुपन्देही
विषय:- मागपत्र पेष गरिएको बारे ।
उपरोक्त बिषयमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी विगत लामो समयदेखी राष्ट्रीय स्वाधीनता, जनतन्त्र, जनजीविका सहित जनताका तमाम समस्याहरुको समाधान गर्न निरन्तर संघर्षको प्रकृयामा डटिरहेको छ । साथै एकीकृत जनक्रान्ति मार्फत वर्तमान दलाल पुजिवादी ब्यबस्थाको अन्त्य गरेर नेपाली बिशेषताको समाजबाद स्थापित गर्ने उद्धेश्यमा केन्द्रित भएर अगाडी बढिरहेको छ । वर्तमान समयमा बुटवल उपमहानगर समितिको तर्फबाट जनसरोकारका तपशिलका मागहरु समेटी यसको कार्यान्वयनका लागि बुटवल उपमहानगरपालिका कार्यालय नगरप्रमुख समक्ष यी मागहरु पेष गर्दछौं ।
१. तिनाउ दानव नदी करिडोरले प्रभावित पार्ने क्षेत्रका सम्पुर्ण जनताहरुको उचित ब्यबस्थान गरियोस ।
२. बुटवल उपमहानगरपालिका भित्रका अव्यबस्थित, सुकुम्बासी लगायत सबै अस्थाई प्रकृतीका जग्गाहरुलाई ब्यबस्थित गरि लालपुर्जा बितरण गरियोस ।
३. लालपुर्जा बितरणका नाममा जग्गाको मूल्य सरह लिईने अत्यधिक कर नियन्त्रण गरि सर्वसुलभ कर निर्धारण गरियोस ।
४. बुटवल उपमहानगरपालिका कार्यालयबाट दिईने सबै सेवा सुबिधा पारदर्शी, छिटोछरितो एवं सहजरुपमा बनाउनुका साथै अनावश्यकरुपमा लिईने कतिपय दोहोरो करको अन्त्य एवं सरकारी करहरुको शुल्क घटाईयोस ।
५. नदीजन्य पदार्थको उत्खनन् र निकासीमा भएका अनियमितता एवं दुरुपयोग तुरुन्त बन्द गरि उत्खनन् र निकासीलाई नियन्त्रण एवं ब्यबस्थित गरियोस ।
६. स्वास्थ्य र शिक्षा आम सर्वसाधारण नागरिकहरुलाई सहज रुपमा उपलब्ध हुने ब्याबस्था गरियोस । साथै स्वास्थ्य र शिक्षामा हुने सवैखाले बिकृति र बिसंगतिको अनुगमन गरि नियन्त्रण गरियोस ।
७. दैनिकरुपमा हुने मूल्य वृद्धि नियन्त्रण गरि मुल्यसुचि बिनाको बस्तु बिक्रीबितरण कार्य बन्द गरियोस ।
८. लागुऔषध एवं दुर्व्यशन नियन्त्रण गरियोस ।
९. लक्ष्मीनगर र ज्योतीनगर क्षेत्रको पहिरो नियन्त्रण कार्य अगाडी बढिरहेको छ । यसको दिर्घकालिन समाधानका लागि ठोस योजना बनाई कार्यान्वयन गरियोस ।
१०. बुटवल उपमहानगरपालिका क्षेत्र भित्र तिनाउ नदीले कटान गरेका बाँकि ठाउँहरुमा अविलम्ब तटबन्दको ब्यबस्था गरियोस ।
११. राजमार्ग चौडाहा देखि गोलपार्क सम्मको सडक छिटो निर्माण गर्न पहल गरियोस । साथै नगर भित्रका सडक खाल्डाखुल्डी मर्मतगरी सडक ब्यबस्थित गरियोस ।
१२. बुटवल उपमहानगरपालिकाका सबै वाडहरुमा स्वच्छ खानेपानीको ब्यबस्था गरियोस ।
१३. शहिद-वेपत्ता समृती प्रतिष्ठान, बुटवलका लागि आवश्यक भवन निर्माणार्थ जग्गा तत्काल उपलब्ध गराईयोस ।
हाम्रो पार्टीले राखेका उपरोक्त जनसरोकारका मागहरुप्रति गंभिर बनी आवश्यक प्रकृया मिलाई कार्यान्वयनमा जानुहुनेछ भन्नेमा हामी पुर्ण विस्वस्त छौं । अन्यथा हाम्रा मागहरुप्रति बेवास्ता गरिएमा हामी संघर्षमा जान बाध्यहुने छौं ।
धन्यबाद ।
विज्ञान सी
सेक्रेटरी
शरद सी
ईन्चार्ज

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal