शनिबार, साउन १२, २०८१

प्युठानमा प्लास्टिक ग्रिनेट फेला,नेपाली सेनाद्वारा डिस्पोज

प्रज्वल पहाडी

प्यूठान । माण्डवी गाउँपालिका-३ लामाचौरमा फेला परेको प्लास्टिक ग्रिनेट बम नेपाली सेनाले डिस्पोज गरेको छ। लामाचौर स्याउलिघारी नजिक स्थानीयले माछा मार्ने क्रममा  शुक्रबार जालमा फेला पारेका थिए ।

स्थानीयले भेटाएको उक्त बम अस्थाई प्रहरी पोष्ट लामाचौरले नेपाली सेनालाई जिम्मा लगाएको प्रहरी प्रमुख ईश्वर थापाले बताउनुभयो ।

नेपाली सेना घटनास्थलमा पुगि उक्त ग्रिनेट नेपाली सेनाले नियन्त्रणमा लिएको थियोे  । ग्रिनेट आज शनिबार डिस्पोज गरिएको  श्री बर्द बहादुर गण प्यूठानका गणपती प्रमुख सेनानी रमेश थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal