शनिबार, साउन १२, २०८१

नेकपा सैनामैना नगर समितिले बुझायो मागपत्र

विनोद खनाल, बुटवल
नेपाल कम्युनिष्ट पार्टी सैनामैना नगर समितिले नगरप्रमुख फणेन्द्र प्रसाद शर्मावाग्ले समक्ष १८ बुँदे मागपत्र पेष गरेको छ । सोमबार नेकपाका केन्द्रीय बिश्वास सीको नेतृत्वमा गएको एक टोलीले सो मागपत्र बुझाएको हो ।
सैनामैना नगरपालिका भित्रको बिकास निर्माण, त्यहाँको आवस्यकता लगायत बिबिध समस्यालाई समेटेर तयार पारेको मागपत्र पेष गर्दै पार्टीका केन्द्रीय सदस्य एवं नगर ईन्चार्ज बिश्वास सीले सैनामैनाको बिकास र पहिचानका लागि नेकपाले उठाएका जनसरोकारका मागहरुलाई यथासिघ्र सम्बोधन गर्न अनुरोध गरेका थिए । जवाफमा जनसरोकारका सबै मागहरुमा नगरपालिका गंभिर भएको र कतिपय मागहरु तुरुन्तै कार्यान्वयनमा जान सकिने भएपनि कतिपय नितिगत निर्णयसंगै जनचेतनामुलक कार्यक्रम गरि क्रमश कार्यान्वयनमा जाने नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले बताएका थिए ।
भुमिहिन सुकुम्बासी लालपुर्जा बितरण र चर्को सरकारी कर, नगरपालिकाको सेवाप्रवाह एवं सरकारी सेवा शुल्क, नदीजन्य पदार्थको उत्खनन् र निकासी, सर्बसुलभ शिक्षा र स्वास्थ्य, शुद्ध खानेपानीको ब्यबस्था, किसानहरुलाई समयमै बीऊ-बिजन, मल र सिंचाई एवं वस्तुको बजारीकरण, तटबन्ध, बनफडानी र प्राकृतिक प्रकोपको समस्या, उपभोक्ता समिति मार्फत हुने ठेक्कापट्टामा अनियमितता, सडक निर्माण र निर्माणाधिन चक्रपथ, लागुऔषध दुर्व्यसनको अन्त्य लगायतका जनसरोकारका १८ बुँदे मागपत्र बुझाउँदै नेकपाले आबस्यक प्रकृया पुर्याई अबिलम्ब मागहरुमा समोधन गर्न अपिल गरेको थियो। मागहरु सम्बोधन नभए संघर्षमा जान बाध्य हुने समेत नेकपाले जनाएको छ।
नेकपा केन्द्रीय सदस्य एवं नगर ईन्चार्ज बिश्वास सी र नगर सेक्रेटेरी तेजेन्द्र सीद्वारा हस्ताक्षरित मागपत्र बुझ्दै नगरप्रमुख फणिन्द्र प्रसाद शर्माले सबैका साझा मुद्धा र सरोकारका मुद्धा उठाएकोमा नेकपालाई धन्यबाद ज्ञापन गर्दै सबैको साझा सहकार्य र पहलकदमिमा समस्याको समाधानमा जाने उल्लेख गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal