शनिबार, साउन १२, २०८१

सरुमारानीमा अपाङ्गता सम्बन्धि अभिमुखीकारण

 

प्रज्वल पहाडी

प्युठान ।  सरुमारानी गाउँपालिकाको बडडाडामा अपांगता भएका ब्यक्तिलागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सरुमारानी गाउँपालिकाको आयोजनामा सबैवाड बाट सहभागिता गराई पालिकास्तरीय अभिमुखीकारण कार्यक्रम गरिएको महिला बालबालिका शाखा प्रमुख साधना सिंह ठकुरीले जानकारी दिनुभयो।

 

उहाँले सबैप्रकारका अपांगता भएका ब्यक्तिहरुलाई सुचना गरि अपाङ्गता सम्बन्धिको सवालमा चेतना जागरण गराई उनिहरुलाई शसक्तीकरण गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको र जसमा एकसय भन्दा बढीको सहभागिता रहेको बताउनुभयो।

दुइदिन सम्म चलेको तालिममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा अपाङ्गता अधिकारकर्मी जुमान सिंह केसीले अपाङ्गता अधिकार सवालमा सहजीकरण गर्नुभएको थियो ।

 

केसीले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन-२०७४,अपांगता परिचयपत्र , कानुनी अधिकार, सेवा सुबिधा र सहुलियत, संजालको काम कर्तव्य र भुमिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का ले अपाङ्गता भएका ब्यक्तिको अधिकार तथा बिकासका लागि गाउँपालिका संबेदनसिल रहेको भन्दै आफ्ना समस्याहरु पालिकामा राख्न आग्रह गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापाले मनोसामाजिक समस्या र मानसिक समस्याकोकारण अपाङ्गता हुन सक्ने भन्दै न्यूनीकरणका लागि अभियान आवस्यक रहेको उल्लेख गर्नुभयो।

 

सरुमारानी गाउँपालिका प्रवक्ता चिन्ता बहादुर सोमैमगरले समापन कार्यक्रममा बोल्दै पालिका स्तरीय संजालहरुको क्षेमता बिकास गरि संजाललाई सकृय गराउन आवस्यक रहेको भन्दै गाउँपालिका अपाङ्गता भएका ब्यक्तिको समग्र कार्यमा साथमा रहेको उल्लेख गर्नुभयो।

 

अपाङ्ग संजाल पुनर्गठन
गाउँपालिका स्तरीय अपाङ्ग संजाल पुनर्गठन गरिएको छ । दुईदिने अभिमुखीकरण कार्यक्रमकै अवसरमा खोपीराम ठेडिमगरको अध्यक्षतामा ११ सदस्य समिति सर्वसम्मत चयन गरिएको छ। जसको उपाध्यक्ष थम्मन सिंह मसाङ्री, सचीव रमा बाकबल मगर , कोषध्यक्ष बुधकुमारी सोमैमगर रहनु भएको छ। भने तीन सल्लाहकार समिति समेत निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal