प्रज्वल पहाडी
प्युठान । नेपाल फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे केन्द्रीय अधिबेशन बाट केन्द्रीय सहसचिबमा निर्बाचित प्यूठानका सुर्य भन्डारी र सदस्य पदम बहादुर थापा सम्मानित हुनुभएकाे छ। साताै साधारण सभा तथा चाैथाे केन्द्रीय अधिबेशनमा सहसचिव पदमा भन्डारी र सदस्यमा थापा निर्बिराेध निर्बाचित हुनुभएकाे थियाे।
आज फलफुल तथा तरकारी ब्यबसायि संघ प्यूठानको कार्यसमितिको बैठकको अवसरमा नबनिर्बाचित केन्द्रीय सहसचिव भन्डारी र केन्द्रीय सदस्य थापालाई संघकाे कार्यलय बाग्दुलामा संघका जिल्ला उपाध्यक्ष बसन्तलाल न्याैपाने महासचिव टुकलाल न्याैपाने लगाएतका संघका पदाधिकारीहरुकाे उपस्थितिमा बधाई तथा सम्मान गरिएको महासचिव टुकलाल न्यौपानेले जानकारी दिनुभयो।
संथाले आफ्ना ब्यबसायिकाे हक हितका बिषयमा वकालत गर्दै आम नागरिकलाई ताजा फलफुल तथा तरकारी उपलब्ध गराउदै सामाजिक क्षेत्रमा समेत सहकार्य गरेर कामगर्ने सम्मानित हुनुभएका केन्द्रीय सह- सचिब भन्डारीले बताउनु भयाे।