
भरतमणि न्यौपाने
लोकगायक विष्णु खत्रीको नयाँ गीत निकालेकाछन उनको गितको बोल असार साउन रहेको छ।
उनको आफ्नै युट्युब च्यानलबाट शुक्रबार उक्त गीत सार्वजनिक गरिएको थियो । गीतमा गायिका शान्ती श्री परियार र खत्री आफैले स्वर दिएका छन्।
रचना र संगीत पनि गायक खत्रीकै छ । बिनोद भण्डारीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा कलाकार बिनोद भण्डारी र मनिशा लामाको अभिनय देख्न सकिन्छ।
दुई दशकदेखि सङ्गीत क्षेत्रमा सक्रिय लोक गायक खत्री जनजीवनका भोगाइलाई जीवन्त ढङ्गले प्रस्तुत गर्न पोख्त मानिन्छन। सर्जक-गायक खत्रीका भरिया दाइ‘कि लास चाहियो कि सास चाहियो’ ‘जम्मु कस्मिरमा’ लगायत थुप्रै गीत लोकप्रीय रहेकाछन।