शनिबार, असार ३०, २०८१

अपाङ्गता भएका ब्यक्तिलाई यातायातमा छुट कार्यान्वयन हुने

प्रज्वल पहाडी

प्युठान । ईलाका प्रहरी कार्यालय बिजुवार प्युठानको आयोजनामा सरोकारवाला निकायबिच समन्वयात्मक बैठक बिजुवारमा सम्पन्न भएको छ। जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई ऐन, नियमावली अनुसार यातायातका साधानमा छुटदिने कानुनी ब्यबस्था कार्यान्वयन गर्नका लागी बैठक बसेको हो।

 

जेष्ठ नागरिकहरुले सहुलियत पाईसकेका छ्न तर अपाङ्गता भएका ब्यक्तिले सहुलियत पाउन सकेका छैनन । राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानले पटकपटक सम्बन्धित निकायमा सहुलियतको लगि कार्यान्वयन गर्न पहल गर्दै आएको संघले जनाएको छ।

 

भएका निर्णयहरु कार्यनयन नहुदा अपाङ्गता भएका ब्यक्तिहरु मर्कामा परेको आफुहरु सुबिधाबाट बन्चित भएको अपाङ्गता भएका ब्यक्तिहरुले गुनासो गरेका छन।

 

जिल्ला प्रशासन कार्यालय प्युठानमा अपाङ्गता भएका ब्यक्तिके सरकारको नीति अनुसार पचास प्रतिशात छुट पाउने ब्यबस्थालाई व्यवहारिक रिपमा कार्यनयन गर्न निर्णय भएको तर यातायात ब्यावासायीले सहुलियत नदिए पछि प्रभावकारी कार्यनयन गर्न पैरवी गरेको राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानका निवर्तमान अध्यक्ष जुमान सिंह केसीले बताउनुभयो।

 

उहाँले यो कसैले दया र सित्तैमा दिने कुरा होइन अपाङ्गता भएका ब्यक्तिले लामो आन्दोलनको बलमा प्राप्त गरेको अधिकार भएकोले बिनाशर्त आरक्षण र सहुलियत पाउनुपर्ने बताउनुभयो।
बुधबार भएको छलफलमा गौमुखी स्वर्गद्वारी यातायातका घनश्याम घर्ती र नमस्ते प्युठानका दिल बहादुर दसौदीले अपाङ्गता भएका ब्यक्तिलाई पचास प्रतिशात छुर आरक्षण दिने प्रतिबद्धता जनाउनु भएको थियो ।

कानुनमा भएको निर्णय तत्काल कार्यनयन हुने इलाका प्रहरी कार्यालय बिजुवारका प्रमुख चुडामणि पुनले बताउनुभयो। उहाँले सबैको सहयोग आवस्यक रहेको बताउनुभयो।

ट्राफिक कार्यालय प्युठानका प्रमुख राजेन्द्र कुमार चौधरीले दुव्र्यवहार र सहुलियत नपाएको गुनासो आएमा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
राष्ट्रिय अपाङ्ग सेवा संघ, जेष्ठ नागरिक संघ, यातायात ब्याबसायी संघ,जिल्ला ट्राफिक कार्यालय लगाएतको सहभागीतामा भएको बैठकमा निर्णय भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?