शनिबार, असार ३०, २०८१

प्यूठानको माण्डवीमा लडेर एक महिलाको मृत्यु

 

प्रज्वल पहाडी

प्युठान । माण्डवी गाउँपालिका वडा नम्वर ३ निवासी २७ वर्षीय भगवता थापामगरको लडेर मृत्यु भएको छ ।

माण्डवी गाउँपालिका वडा नम्वर ३ देबिस्थान र चकचकेको बीचमा रहेको भर्याङ पाखा भन्ने ठाउँबाट लडेर माडी नदीमा डुबेर ज्यान गएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिनुभयो । गाई चराउन जाने क्रममा दिउसो करिब ३ बजे तिर लडेर माडी नदिमा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।

 

प्रहरी घटना स्थलमा पुगेर शवको मुचुल्का गरी पोष्ट मार्टम गर्न जिल्ला अस्पताल बिजुवार पठाएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?