बिहिबार, माघ १०, २०८१

नेकपा कञ्चन गाउँ समितिले बुझायो मागपत्र

विनोद खनाल, बुटवल
नेपाल कम्युनिष्ट पार्टी कञ्चन गाउँ समितिले गाउँपालिका प्रमुख नवराज ढकाल समक्ष १७ बुँदे मागपत्र पेष गरेको छ । आईतबार नेकपाका केन्द्रीय बिश्वास सीको नेतृत्वमा स्थानीय जनता समेतको सहभागितामा गएको एक टोलीले सो मागपत्र बुझाएको हो ।
कञ्चन गाउँपालिका भित्रको बिकास निर्माण, त्यहाँको आवस्यकता लगायत बिबिध समस्यालाई समेटेर तयार पारेको मागपत्र पेष गर्दै पार्टीका केन्द्रीय सदस्य एवं गाँपालिका ईन्चार्ज बिश्वास सीले कञ्चनको बिकास र स्थानीय जनताका समस्या समाधानका लागि नेकपाले उठाएका जनसरोकारका मागहरुलाई यथासिघ्र सम्बोधन गर्न अनुरोध गरेका थिए । जवाफमा जनसरोकारका सबै मागहरुमा पालिका गंभिर भएको भन्दै पालिका अध्यक्ष ढकालले स्थानीय सरोकारका मागहरु कार्यायोजना बनाएर आफ्नै कार्यकालमा कार्यान्वयनमा जाने बताए । कतिपय नितिगत निर्णयसंगै जनचेतनामुलक कार्यक्रम गरि क्रमश: कार्यान्वयनमा जाने भएपनि पालिका भवनक्षेत्रका स्थानीयसंग भएको पुर्व सहमतिको कार्यान्वयनका लागि भने तत्कालै सरोकारवालहरुसंगको परामर्शमा अगाडि बढ्ने बताएका थिए ।
भुमिहिन सुकुम्बासी लालपुर्जा बितरण र चर्को सरकारी कर, पालिकाभवन क्षेत्रका स्थानीयसंगको पुर्व सहमति कार्यान्वयन, नगरपालिकाको सेवाप्रवाह एवं सरकारी सेवा शुल्क, , सर्बसुलभ शिक्षा र स्वास्थ्य, शुद्ध खानेपानीको ब्यबस्था, किसानहरुलाई समयमै बीऊ-बिजन, मल र सिंचाई एवं वस्तुको बजारीकरण, तटबन्ध, नदिकटानका समस्या, उपभोक्ता समिति मार्फत हुने ठेक्कापट्टामा अनियमितता, सडक निर्माण र, लागुऔषध दुर्व्यसनको अन्त्य लगायतका जनसरोकारका १७ बुँदे मागपत्र बुझाउँदै नेकपाले आबस्यक प्रकृया पुर्याई अबिलम्ब मागहरुमा समोधन गर्न अपिल गरेको थियो। मागहरु सम्बोधन नभए संघर्षमा जान बाध्य हुने समेत नेकपाले जनाएको छ।
नेकपा केन्द्रीय सदस्य एवं पालिका ईन्चार्ज बिश्वास सी र गाउँ सेक्रेटेरी सोमनाथ सीद्वारा हस्ताक्षरित मागपत्र बुझ्दै पालिका अध्यक्ष नवराज ढकालले सबैको साझा सहकार्य र पहलकदमिमा समस्याको समाधानमा जाने उल्लेख गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?