शनिबार, असार ३०, २०८१

नेकपाद्वारा तिलोत्तमा नगरप्रमुख समक्ष मगपत्र पेश

आईतवार, बुटवल
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर कमिटीले समसामयिक बिषयमा ध्यानाकर्षण गराउदै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको छ ।

तिलोत्तमा नगर कमिटी इन्चार्ज राजु सी तथा सेक्रेटरी प्रज्वल( श्रीधर )सीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उक्त ज्ञापनपत्र बुझाएको हो ।

उक्त ज्ञापनपत्रमा तिलोत्तमा नगरपालिका भित्रको सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने , सुकुम्बासीलाई न्युनतम शुल्कमा जग्गा धनी पुर्जा उपलब्ध गराउनुपर्ने , स्थानीय योजना तथा विकास निर्माण प्रक्रियामा सबै दलहरुलाई सहभागी गराउनुपर्ने , बजार व्यवस्थापन तथा अनुगमन गर्नुपर्ने , स्थानीय किसानहरुले उत्पादन गरेका बस्तुहरुको बजार सुनिश्चित गराउनुपर्ने लगाएतका मागहरु राखेर उक्त ज्ञापनपत्र बुझाइएको हो ।
उक्त ज्ञापनपत्र बुझ्दै नेपाल कम्युनिस्ट पार्टीले उठाएका मागहरु पुरा गर्ने प्रतिबद्धता नगर प्रमुख रामकृष्ण खाँडले व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?