
दाङ
राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले संघीयता असफल भैसकेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता र भ्रष्टाचारका विरुद्ध आयोजना गरेको बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । स्वीजरल्याण्डको सपना बाडेर नेपाल लाइ इथोपिया र सुडान बनाउन लागेको कुरा बताउदै देश संघीयताका कारण आर्थिक रुपमा टाट पल्टेको कुरा बताउनु भयो । अब जनताले कर तिरेर मन्त्री र मुख्यमन्त्री पाल्न नसक्ने कुरा गर्दै संघीयताको खारेज गर्नु पर्ने कुरामा जोड दिनु भयो । अर्क्रो प्रसङ्गमा भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको सिर झुकेको कुरा गर्दै सास्थागत र नितिगत भ्रष्टाचारका कारण देश आर्थिक रुपमा कङ्गाल भएको कुरा बताउनु भयो । देशको बजेट वैदेशिक अनुदान र ऋणमा बनायर त्यसैमा भ्रष्टाचार गर्न र्याल चुहाउने सासक रहदा सम्म देशको अबस्थामा सुधार नहुने कुरा बताउनु भयो । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जि सि , अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष ऋषिराम पौडेल , अखिल नेपाल जनजाति सम्मेलनका पुर्ब केन्द्रिय सदस्य रामबहादुर जि एम ले मन्तव्य राख्नु भएको थियोे भने संचालन राष्ट्रिय जनमोर्चा जिल्ला सचिब बसन्त पौडेल ले गर्नु भएको थियोे