शुक्रबार, भदौ २०, २०८२

बिधालयमा १०० दिने एनसीसी जुनियर डिभिजन तालिम सुरुहुँदै

असार १४
प्युठान श्री बर्द बहादुर गण खलंगा प्युठानको आयोजनामा ५० औं एन.सी.सी जुनियर डिभिजन तालिम शुक्रवार देखि सुरु भएको छ।

प्युठान नगरपालिका वडा न. २ स्थित जानकी माध्यमिक बिधालय चितेखोलामा १०० दिने तालिमको उद्घाटन गरिएको हो।

प्रत्येक वर्ष यस किसिमको तालीम संचालन गर्दै आएको श्री बर्द बहादुर गण प्युठानका गणपति प्रमुख सेनानी रमेश थापाले बताउनुभयो।

२०७१ शालदेखि प्युठानमा जुनियर र सिनियर तालिम संचालन गर्दै आएको उहाँको भनाई छ।

तालिमको उद्घाटन समारोहमा बोल्दै थापाले विद्यार्थीहरुको नेतृत्व बिकास, लगनशील, ईमानदार ब्यक्तित्व निर्माण गरि राष्ट्रलाई आवस्यक पर्दा कामगर्न सक्ने दक्षजनशक्ति निर्माण गर्ने उदेश्य सहित तालिम संचालन गर्न लागिएको बताउनुभयो।

उहाँले भन्नुभयो तालिमबाट बिपतको समयमा उद्धर तथा राहत कार्यमा स्वयंसेवकको भुमिका निर्वाह गर्न सक्ने असल तथा अनुशासित नागरिक बनाउने लक्ष्य समेत रहेको बताउनुभयो।

एस किसिमका तालीम नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि संचालन हुने गरेको उहाँले उल्लेख गर्नुभयो।
७९ दिन सम्म जिल्लामा तालिम संचालन हुने र २१ दिन जिल्ला बाहिर तालिमहुने उहाँले बताउनुभयो।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अमर बहादुर बिष्टले स्वागत मन्त्ब्य राख्दै बिधालयले तालिमको अवसर पाएकोमा गणलाई धन्यवाद ब्याक्त गर्नु भएको थियो।

तालिममा कक्षा ८,९ र १० का १८ जना छात्र र १८ जना छत्रा गरि जम्मा ३६ जनाको सहभागिता रहेको बिधालयका प्रधानाध्यापक भोजबिक्रम खड्काले बताउनु भयो।

उद्घाटन कार्यक्रमको संचालन उप सेनानी इन्द्र प्रसाद चौधरीले गर्नु भएको थियोे ।
१०० दिन सम्मचल्ने तालिममा नेपाली सेनाका प्रशिक्षकबाट प्रशिक्षण हुने श्री बर्द बहादुर गण खलंगा प्युठानले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?