शुक्रबार, भदौ २०, २०८२

प्रगतिशील प्युठानले लगायो महासंघमा ताल्चा

असार १५
प्युठान प्रगतिशील पत्रकार सङ्घ प्युठानले नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ ।

महासङ्घको सदस्यता शुद्धीकरणमा प्रगतिशीलका क्रियाशील पत्रकारलाई विभेद गरेको भन्दै संघका अध्यक्ष प्रज्वल पहाडीको नेतृत्वमा गएको एक टोलिले शनिबार ताल्चा लगाइएको हो ।

प्रगतिशील पत्रकार संघ प्युठानका अध्यक्ष प्रज्ज्वल पहाडी र सचिव लोकेन्द्र सुनारको हस्ताक्षरमा जारी प्रेसविज्ञप्ति जारी गर्दै २०८१ असार १५ गते बिजुवार स्थित महासङ्घको जिल्ला कार्यालयमा ताल्चा प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य जुमान सिंह केसीले बताउनुभयो ।

महासङ्घको प्युठान जिल्ला समिति र प्रदेश समितिले पठाएको शुद्धीकरण नामावली काटेको र सिफारिस बिनाका कतिपय नाम मनोमानी थपेको प्रसङ्ग उठाउँदै विज्ञप्तिमा भनिएको छ– “शाखा र प्रदेशले सिफारिस गरेका व्यक्तिहरूको समेत महासङ्घ केन्द्रले मनोमानी ढङ्गले सदस्यता खारेज गरेकोप्रति असहमति जनाउँदै खेद प्रकट गर्दछौँ ।”

शुद्धीकरणको सवालमा भएका भेदभाव तत्कालै सच्चाउन विज्ञप्तिमा माग गरिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ– “महासङ्घको यस खालको विभेदकारी निर्णय नसच्चिँदासम्म आजैका मितिदेखि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानको कार्यालयमा तालबन्दी गरिने व्यहोरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?