शुक्रबार, भदौ २०, २०८२

एघारा सदस्यीय घोराही नगर स्तरिय रक्तिम सांस्कृतिक समिति गठन

दिनेश रैदास दाङ
२०८० असार १५ शनिवार

दाङको घोराहीमा रक्तिम सांस्कृतिक अभियानको घोराही नगर समिति गठन भएको छ । राजमो केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न एक भेलाले नयाँ समिति गठन गरेको हो ।

एघारा सदस्यीय घोराही उपमहानगर समितिको अध्यक्षमा झविलाल खनाल चयन हुनुभएको छ । यस्तै, उपाध्यक्षमा रोशनी घर्ति मगर ,सचिव उत्सब पुन, सहसचिव अर्जुन विक र कोषाध्यक्षमा सुबास पुन चयन हुनुभएको छ ।

सदस्यहरूमा स्वर्णिम थापा, कल्पना नेपाली, प्रकाश घर्ती, पीमा रोका, सुनिता बाठा रहनुभएको छ भने एक स्थान रिक्त रहेकाे छ।

त्यसैगरी कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार सुशीला पोखरेल, अखिल नेपाल युवक संघ पूर्व अध्यक्ष काशीनाथ पोखरेल, हरी खरेल, मनिराम खनाल, मेघराज भट्टर्राई, श्रीराम भट्टराई, सेवक भट्टराई लगायतका आतिथ्यता रहेको थियो भने सन्चालन झविलाल खनालले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?