शनिबार, असार ३०, २०८१

दाङ्गमा अखिल नेपाल बाल संगठन गठन

दिनेश रैदास दाङ
२०८० असार १५ शनिवार

दाङ्ग जिल्ला घोराही नगरको राजमो जिल्ला कार्यालयमा अखिल नेपाल बाल सङ्गठन बालबालिकाहरूको भेलाद्वारा सो समिति गठन भएको छ ।

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समितिका अध्यक्ष गणेश आचार्यको विशेष पहलमा सो भेला सम्पन्न भएको हो।

राष्ट्रिय जनमोर्चाका रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार सुशीला पोखरेल, अखिल नेपाल युवक संघ पूर्व अध्यक्ष काशीनाथ पोखरेल, हरी खरेल, मनिराम खनाल, मेघराज भट्टर्राई, श्रीराम भट्टराई, सेवक भट्टराईको विशेष उपस्थित रहेको उक्त भेलाले रोजिश नेपालीको अध्यक्षतामा सात सदस्यीय अखिल नेपाल बाल सङ्गठन समिति गठन भएकाे छ ।

समितिमा उपाध्यक्ष रेजिना आचार्य, सचिव प्रसिद्ध आचार्य सहसचिव सिद्धार्थ नेपाली कोषाध्यक्ष छायाँ नेपाली र सदस्यहरूमा इशानी नेपाली र युगान्त थापा रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?