बुधबार, बैशाख १७, २०८२

बाहिनिपति ट्रफि-२०८१ तेक्वान्दो प्रतियोगिता प्युठानमा चल्दै

असार १६, प्युठान
बाहिनिपति ट्रफि-२०८१ अन्तर्गत प्यूठानमा तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । श्री बर्द बहादुर गण खलंगामा संचालन भएको प्रतियोगिताको गणपति प्रमुख सेनानी रमेश थापाले उद्घाटन गर्नुभएको हो ।

प्रमुख सेनानी थापाले प्रधान सेनापति कप छनौटका लागि बाहिनीपति ट्रफि-२०८१ संचालन भएको जानकारी दिनुभयो । उहाँले मानसिक तथा शारीरिक रुपमा सक्षम बनाउन सेनाले खेलकुदका गतिविधि संचालन गर्दै आएको बताउनुभयो ।
“राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी उत्पादन हुँदै आएका छन,”
उहाँले भन्नुभयो, “वार्षिक रुपमा प्रधान सेनापति कप संचालन हुँदै आएको छ ।”

चार दिनसम्म चल्ने प्रतियोगितामा १९ नम्बर बाहिनी अन्तर्गत ६ जिल्लाका श्री बर्द बहादुर गण, बटुक दल गण, सिद्दिबक्स गण, रणसिंह दल र चण्डीदल गणबाट ६९ जना खेलाडी सहभागी भएको श्री बर्द बहादुर गण खलंगा प्युठानले जनाएको छ ।
महिला तर्फ ६ तौल समुह र पुरुष तर्फ ८ तौल समुहमा प्रतिस्पर्धा हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?