शनिबार, असार ३०, २०८१

बाहिनिपति ट्रफि तेक्वान्दो प्रतियोगितामा श्री बर्द बहादुर गण प्युठान प्रथम

असार १८, प्युठान
बाहिनिपति ट्रफि-२०८१ अन्तर्गत प्यूठानमा संचालन भएको तेक्वान्दो प्रतियोगिता मंगलबार सम्पन्न भएको भएको छ ।

श्री बर्द बहादुर गण खलंगामा तिनदिन सम्म संचालन भएको प्रतियोगिताको एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको श्री बर्द बहादुर गण खलंगा प्युठानले जनाएको छ

गणका प्रमुख सेनानी रमेश थापाले समापन कार्यक्रममा मन्तब्य राख्दै प्रधान सेनापति कप छनौटका लागि बाहिनीपति ट्रफि-२०८१ संचालन भएको जानकारी दिनुभयो । उहाँले मानसिक तथा शारीरिक रुपमा सक्षम बनाउन सेनाले खेलकुदका गतिविधि संचालन गर्दै आएको बताउनुभयो ।
“राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी उत्पादन हुँदै आएका छन,”
उहाँले प्रतियोगितामा बिजेताहरुलाई बधाई तथा शुभकामना दिदै खेलाडी सबैलाई अनुशासन पुर्वक खेलमा सहभागी भएकोमा हार्दिक धन्यवाद समेत ब्यक्त गर्नुभयो।

तेक्वान्दो प्रतियोगितामा श्री बर्द बहादुर गण खलंगा प्युठानले ११ स्वर्ण, १ रजत र १ कास्य सहित प्रथम स्थान हासिल गरेको छ। त्यस्तै बटुकदल गण रोल्पाले १ स्वर्ण, ७ रजत र ३ कास्य सहित द्वितीय र चन्डीदल गण रुकुमले २ स्वर्ण, ३ रजत र ९ कास्य सहित तृतीय स्थान हासिल गरेका छ्न।

प्रतियोगितामा बिजेता भएका प्रतियोगी हरुलाई गणपति प्रमुख सेनानी रमेश थापाले मेडेल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

प्रतियोगितामा १९ नम्बर बाहिनी अन्तर्गतका श्री बर्द बहादुर गण, बटुक दल गण, सिद्दिबक्स गण, रणसिंह दल र चण्डीदल गणबाट खेलाडी सहभागी भएका थिए ।

समापन कार्यक्रमको संचालन उप सेनानी इन्द्र प्रसाद चौधरीले संचालन गर्नु भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?