
असार १९, प्युठान
बिमला पौडेल
प्युठान नगरपालिकाको आयोजनामा जनप्रतिनिधि , सरोकारवाला निकाय र अपाङ्गता संजालका बिचमा एकदिने अन्तरक्रिया कार्यक्रम नगरपालिकामा सम्पन्न भएको छ।
नगरस्तरीय कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा अपाङ्गता अधिकारकर्मी जुमान सिंह केसीले अपाङ्गता अधिकार सवालमा सहजीकरण गर्नुभएको थियो ।
केसीले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन-२०७४,अपांगता परिचयपत्र , कानुनी अधिकार, सेवा सुबिधा र सहुलियत लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगरप्रमुख बिष्णु बहादुर योगीले अपाङ्गता भएका ब्यक्तिको अधिकार तथा बिकासका लागि नगरपालिका संबेदनसिल रहेको भन्दै आफ्ना समस्याहरु पालिकामा राख्न आग्रह गर्नुभएको थियो। उहाँले अपाङ्गता भएका सवालमा सबैले ध्यान दिन आवस्यक रहेको भन्दै अपाङ्गता जो जहाँ र जहिले पनि हुनसक्ने भएकोले अपाङ्गता भएका ब्यक्ति प्रति सकारात्मक व्यबहार गर्नुपर्ने बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु अन्य सरोकारवाला निकायका प्रतिनिधि र अपाङ्गता संजालका प्रतिनिधिहरुको सहभागीता रहेको महिला बालबालिका शाखा प्रमुख मन्जु धितालले बताउनुभयो।
उहाँले बार्शिक कार्यक्रम अन्तरगत यश किसिमको कार्यक्रम गरिएको बताउनुभयो।
नगरस्तरीय अपाङ्ग संजालका अध्यक्ष लोकराज भुसालको अध्यक्षता रहेको थियोे ।
कार्यक्रममा अपाङ्ग ता भएका ब्यक्तिहरुले आफुहरुले पाउनुपर्ने सेवा सुबिधा सहज रुपमा पाउन नसकेको गुनासो समेत गरेका थिए