शनिबार, असार ३०, २०८१

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसहमति चयन

काठमाडौ असार १९

नेकपा ( एकीकृत समाजबादी) पार्टीको अध्यक्षमा  माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसहमतिमा चयन गरेको छ।
त्यस्तै नेता झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको हो ।

अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले भन्नुभयो  अब २९९ सदस्यहरु भएको केन्द्रीय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘अझै हाम्रा काम बाँकी छन् । त्यसमध्ये सिंगो केन्द्रिय कमिटीमा २९९ सदस्यहरु भएको केन्द्रीय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी छ । त्यसमा पनि सहमति साथ नै गर्नुपर्छ भन्नुभएको छ । अब स्वभाविक रुपले यसले अलिकति समय लिन्छ, त्यसको लागि म्याण्डेट दिनुहोला ।’

उहाँले सचिवालय बैठक बसेर बाँकी काम टुंगो लगाउने जानकारी दिनुभयो ।

पदाधिकारी चयन नभएकोमा रामकुमारी असन्तुष्ट
नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट तीन जना पदाधिकारी मात्रै चयन गरि प्रतिनिधिहरूलाई घर पठाएकोप्रति पार्टीकी निवर्तमान सचिव रामकुमारी झाँक्रीको असन्तुष्टी रहेको जानकारी प्राप्त भएको छ।

महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्म चयन भएपनि अन्य बाँकी पदाधिकारी चयन सचिवालयले गर्ने भन्दै महाधिवेशन प्रतिनिधिलाई घर पठाएपछि झाँक्रीले असन्तुष्टी जनाएको एकनेताले बताए  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?