
बिमला पौडेल
प्युठान , असार २१
एम्नेस्टी इन्टरनेसनल नेपाल – ३६ प्युठानको २२ औ बार्शिक साधारणसभा तथा अधिबेशन र मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम खलंगामा सम्पन्न भएको छ।
एम्नेस्टी इन्टरनेसनल नेपाल – ३६ प्युठानको आयोजना तथा मल्लरानी गाउँपालिका संगको सहकार्यमा जिल्लाका सरोकारवाला निकायका बीच मानव अधिकारका सवालमा कार्यक्रम गरिएको एम्नेस्टीकका संयोजक कल्पना खड्काले बताउनुभयो।
त्यस्तै मानव अधिकारको अवस्था बिषयक अन्तरकृया कार्यक्रममा लोकेन्द्र सुनारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सस्थाले गरेका गतिविधि सहितको प्रगति प्रतिबेदन एम्नेस्टी नेपाल समुह-३६ का कोषध्यक्ष राधिका खड्काले प्रस्तुत गर्नुभएको थियो।
समन्वय प्रमुख धरम बहादुर जिसीले जिल्लामा हाल त्यस्तो धेरै मानवअधिकारका घटना कम रहेको उल्लेख गर्दै एस्ता कार्यक्रम अन्य स्थानीय तहमा, समुदायमा मानव अधिकारको सवालमा शिक्षाका अभियान सन्चलन गर्नु आवस्यक रहेको बताउनुभयो।
जिल्ला न्यायाधीस पुनराम खनालले सम्मान पुर्वक बाच्न पाउनु, खान पाउनु, शिक्षा, स्वास्थ अधिकार समग्र मानवअधिकार हो भन्दै नागरिकले आमजनताको भावना समेटीयर आफ्नो कार्य गर्न आग्रह गर्नुभयो।
अदालतले कानुन अनुसार नियमित काम कारबाही गरिरहेको बताउनुभयो। उहाँले थप्नुभयो
उजुरी आयो भने हामी सत्यतथ्य बुझेर कानुन अनुसार कार्यनवयन गर्दै जाने भएकोले नागरिक समाजले सचेत गराउन आग्रह समेत गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आर्यालले मानव अधिकार हननका घटनामा कानुनले तोकेको दण्डमा कुनै कसुर नराखिएको बताउनुभयो सबैलाई समान अधिकार हुन्छ र मानव अधिकार हनन गर्न मिल्दैन राज्यको कानुनले सबैलाई एकै नजरले हेरेको उल्लेख गर्नुभयो। देश भरमा मानव अधिकारका घटना समग्रमा कमि आएको छ।मानवको प्रत्येक्ष जोडिएको खाद्य अधिकारमा खेलबाड गर्न मिल्दैन, सेवा प्रवाहमा चुस्त दुस्त गराउन पहल गरिरहेका छौँ “।
जिल्ला प्रशासन कार्यालयमा हेल्थ डेस्कको ब्यबस्थाको लागि पहल भैरहेको जानकारी गराउदै प्युठान कारागार सगुरो भएको छ त्यसको ब्यबस्थापन गर्न जरुरी छ यसमा सबैको सहकार्य तथा पहल आवस्यक रहेको बताउनुभयो।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले गाउँपालिकाले सहकार्य गर्दै आएको बताउदै मानवीय घटनाहरु घटिरहेको छ्न अझैपनि मानवअधिकारका घटना समाजमा अझै रहेको उल्लेख गर्नुभयो।
कसैको अधिकार हनन गर्नु, उलंघन गर्नु ठिक नहुने भन्दै सामाजिक अभियान निरन्तर चलाउदै जानूपर्ने बताउनुभयो।
पत्रकार महासंघका अध्यक्ष सन्जय रिजाल,एम्नेस्टीका पुर्व अध्यक्ष झबिन्द्र शर्मा,मामवअधिकार संगठनका अध्यक्ष मेघराज भट्ट,
नेपाल रेडक्रस सोसाइटीका सभापति गुमानराज पुलामी, एम्नेस्टीका केन्द्रिय प्रतिनिधि पार्वता आचर्य, सरकरी वकिल कार्यालयका प्रमुख कर्ण बहादुर बुढाथोकीले मन्त्ब्य रख्नु भएको थियो।
जिल्लामा महिला र बालबालिकाका हननका घटनाहरु बढी हुने गरेको साथै यौन जन्य घटना आउने गरेको बिषयमा समेत छलफल भएको हो
एम्नेस्टी इन्टरनेसनल प्युठान-३६का संयोजक कल्पना खड्काले मानव अधिकारको स्वरुप फेरिएको छ पहिला कुटपिट, लगाएत शारीरिक, मानसिक किसिमका हिंसा हुनेमा अहिले प्रबिधिको दुरुपयोग र सामाजिक संजाल मार्फत हिंसा लगाए त मानव अधिकार हनन हुने गरेको बताउनुभयो।उहाँले थप्नुभयो स्थानीय पाठ्यक्रममा मानव अधिकार शिक्षा समाबेश गर्न सकेमा प्रभावकारी हुनेथियोे ।”
कार्यक्रममा पुर्व अध्यक्षहरुलाई सम्मान
एम्नेस्टी नेपाल समुह ३६ का पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ सम्मानित हुनेमा पुर्व अध्यक्ष श्रीराम पोख्रेल, पार्वता आचार्य , झबिन्द्र शर्मा, टोपाराम आचार्य र कृष्णचन्द्र गिरीलाई सम्मान पत्र प्रदान गरिएको थियो।
नयाँ समिति निर्वाचित
अधिबेशनले सर्वसहमत रुपमा शिवराज श्रेष्ठलाई संयोजकमा चयन गरेको छ। त्यस्तै उप संयोजकमा सुजल श्रेष्ठ, सचीवमा लोकेन्द्र सुनार, उप सचीवमा रधिका खड्का, कोषध्यक्षमा राधिका पन्थी र सदस्यमा लक्ष्मण श्रेष्ठ, तिला बुढाथोकी, रामचन्द्र केसी र कमला शाही निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य जुमान सिंह केसीले जनकारी दिनुभयो।
निर्वाचित समितिलाई निर्वाचन मन्डलका संयोजक अधिवक्ता माधवा सुबेदीले बधाई सहित अभिर लगाउनु भएको थियो।