शनिबार, असार ३०, २०८१

प्युठान भालुबाङ सडक फेरि अबरुद्ध

असार २३,प्युठान 
 अविरल वर्षाको कारण गनाह-चकचके सडक खण्डको विभिन्न स्थानमा पहिरो जादा सडक फेरी अबरुद्ध भएको छ ।

गर्जेनी, मोतिपुर, खार्से खोला, बड्डडामा पहिरो गयर, ढुङ्गा खसेर, लेदो बगेर बाटो अवरुद्ध भएको छ । मनसुन बढिरहेकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय प्युठानले आग्रह गरेको छ।

बाटो सुचार गर्न सडक डिभिजनको मेसिनले काम गरिरहेको छ । यस अघि खलंगा-बाग्दुला सडकको भालु पहरामा गएको पहिरो हटाइएको छ । हिजो रातिदेखि उक्त बाटो खुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?