शनिबार, असार ३०, २०८१

युवा गैर सरकारी संस्था महासंघ प्युठानको भेला सम्पन्न

झिमरुक पोष्ट संवाददाता
प्यूठान, २५ असार ।
युवा गैर सरकारी संस्था महासंघ जिल्ला शाखा प्यूठानको अध्यक्षमा प्रज्वल पहाडी चयन हुनुभएको छ । मगंवार प्यूठान नगरपालिका ४ जुम्री प्यूठानमा भएको भेलाले पहाडीको अध्यक्षतामा सात सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा वोम बहादुर परियार, सचिव बिमल प्रसाद पोख्रेल, सहसचिव हेमन्त पाठक, कोषाध्यक्ष स्मृति घर्ति चयन हुनु भएको छ ।

युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथी गिरीले युवाहरुलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउनका लागि युवा गैरसरकारी संस्था महासंघले भूमिका खेल्दै आएको बताउनु भयो । गैर सरकारी संस्था नागरिक समाजको अभिन्न अंग भएकोले राज्यका हरेक क्रियाकलापमा पहेरेदारी र खवरदारीको भूमिका खेल्नु पर्ने आवश्यकता रहेको औल्याउनु भयो ।

भेलामा गैर सरकारी संस्था महासंघ प्यूठानका बरिष्ठ उपाध्यक्ष भगत कर्माचार्य,नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष संजय रिजाल, गैसस महासंघ प्यूठानका सचिव जुमान सिंह के.सी, प्यूठान उद्योग वाणिज्य संघका कोषाध्यक्ष झविन्द्र शर्मा जनज्योती सामुदायिक विकास केन्द्रका उपाध्यक्ष किरण के.सीले युवा गैर सरकारी संस्थाले खेल्नु पर्ने भूमिकाका सन्दर्भमा सुझाव राख्नु भएको थियो ।

भेलाले ४ सदस्यीय सल्लाहाकार समिति समेत चयन गरेको छ । जसमा भगत कर्माचार्य, संजय रिजाल, जुमान सिंह के.सी. र झविन्द्र शर्मा रहनु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?