शुक्रबार, मंसिर २१, २०८१

बर्द बहादुर गणका प्रशिक्षार्थीद्वारा खलंगामा कवाज प्रदर्शन

असार २६, प्युठान 
श्री बर्द बहादुर गण खलंगा प्युठानमा संचालित सि.स.४३ शैन्य आधार तालीम अन्तिम दलेल कवाज खलंगा टुडिखेल प्युठानमा प्रदशन भएको छ।

नौ महिना सम्म संचालित शैन्य तालिम पश्चयात नेपाली सेनाको सिपाहीमा १०३ जना नियुक्ति भएको गणपति प्रमुख सेनानी रमेश थापाले बताउनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथि १९ नम्बर बाहिनी दाङ तुल्सिपुरका सहायक बाहिनीपति महासेनानी हरि बहादुर बिश्वकर्माले यो आधारभुत तालीम भएको र आगामी दिनहरूमा पेशागत तालीमहरुले अझै माझ्दै र तिखार्दै लैजाने बताउनुभयो।
उहाँले शान्तिको समयमा सेनाको प्रमुख दायित्व भबिस्यमा सामना गर्नुपर्ने चुनौतीलाई तालीम मार्फत दक्ष र पेशेवर फौज तयार गर्नु पर्ने आवस्यकता रहेको उल्लेख गर्नुभयो।

गणमा तालिम सफलता पुर्वक सप्पन्न गरेकोमा धन्यवाद दिदै देश र जनताकोलागि प्राणको आउतीदिन समेत पछि पर्ने छैनन् भन्ने बिश्वास व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अवसरमा ५ कि.मि.प्रथम कोइशन बुढामगर, २ माइल दौडका प्रथममा प्रथम हुने चन्द्र बहादुर बुढा सहित विभिन्न बिधामा उत्कृष्टहुने ८ जनालाई  सम्मान गरिएको थियोे । उक्त तालिममा सर्वप्रथम हुने जै सिंह  बुढामगरलाई खुकुरी प्रदान गरि सम्मान गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, जिल्ला न्यायाधीश पुनराम खनाल,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आर्याल, प्रशिक्षर्थिका अभिभावक लगाएतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?