
नारायण जिसि
अखिल नेपाल वुद्विजिवी संघ झिमरुक गाउँपालिकाकाे प्रथम अधिवेशन आज मच्छीमा सम्पन्न भएको छ।
राष्ट्रिय जनमाेर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्याैपानेकाे प्रमुख आथित्यतामा भएको कार्यक्रमकाे अध्यक्षता शंकर विक्रम जि.सी.ले गर्नु भएको थियाे।
अधिवेशनले खिम बहादुर जि.सी.काे अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेकाे छ।जसकाे सचिवमा विनाेद बिक्रम जि.सी.,काेषाध्यक्षमा पवित्रा जि.सी.रहनु भएको छ ।भने सदस्यहरुमा राम बहादुर जि.सी.,शिद्विमान जि.सी.,माेहन कुमार वि.क.,भरत ढकाल,रेकमलाल गिरी र धरम बहादुर जि.सी. रहनु भएको छ।