बुटवल, साउन २ गते । रुपन्देहीको देवदह मेडिकल कलेजमा यही साउन १ गतेदेखि विमा कार्यक्रम शुरु भएको छ । विमा कार्यक्रम सञ्चालन गर्दै आएको देवदह मेडिकल कलेजमा २०८० बैशाख ३० गतेदेखि बन्द भएको थियो ।
सरकारले अनुमती दिएपछि फेरी विमा कार्यक्रम सञ्चालन गरिएको देवदह मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले जानकारी गराए । आर्थिक रुपमा कमजोर अवस्था भएका सबै नागरिकलाई विमा कार्यक्रममा आवद्व गराउने गरी स्वास्थ्य सेवालाई शहरदेखि गाउं केन्द्रित गरिने अध्यक्ष पोखरेलले बताए ।
मेडिकल कलेजले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले सबैलाई स्वास्थ्य सेवाको पहुंचमा पुराएर सहज रुपमा सेवा दिईएको बताउंदै अध्यक्ष पोखरेलले भने सेवालाई अझै प्रभावकारी बनाउन लागि परेका छौ । देवदह मेडिकल कलेजमा आएका सबै विरामीलाई सन्तोष दिलाउने छौ ।
एक वर्षको अबधीमा स्वास्थ्य शिविरमार्फत ३० हजार ७ सय ६० जनाको निःशुल्क स्वास्थ्य उपचार गरिएको र त्यसका लागि ३ करोड बढी खर्च भएको अध्यक्ष पोखरेलले जानकारी गरा ए ।
गएको एक वर्षमा १ सय ३० स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको कलेजले बताएको छ । आगमी एक वर्षमा १ सय २६० स्थानमा स्वास्थ्य शिविर आयोजना गरी ३५ हजार मानिसलाई सेवा दिने गरी वार्षिक क्यालेण्डर बनेको देवदह मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत खडग बहादुर  जिरेलले बताए ।
प्रत्यके विभागमा ५ देखि १० जना विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने गरिएको र देवदह मेडिकल कलेजमा १ सय २७ जना विभिन्न विद्दाका विशेषज्ञ डाक्टर हुनुहुन्छ प्रशासकीय अधिकृत जिरेलले जानकारी गराए ।

डाक्टर फि निःशुल्क गर्दै आएको देवदह मेडिकल कलेजले गर्भवती महिलाहरुको ५ सयमा चार पटक अल्ट्रासाउण्ड र दुइ हजारमा होलवडी चेक गर्दै आएको छ ।
महिलाहरुको पाठेघरको क्यान्सरको प्रत्यके दिन निःशुल्क चेक जांच गदै आएको देवदह मेडिकल कलेजले आर्थिक रुपले विपन्न परिवारको मानिसलाई निःशुल्क उपचार गर्ने बताएको छ ।
स्कुल स्कुलमासमेत गएर विद्दार्थीलाई स्वास्थ्य सेवा दिंदै आएको छ, देवदह मेडिकल कलेजले । अहिले उक्त देवदह मेडिकल कलेजमा एमडिएमएस कार्यक्रम तथा कक्षा सञ्चालन भैरहेको छ ।