बिहिबार, भदौ १९, २०८२

बुटवलमा भवानी सिटि हेल्थ क्लिनिकले सुरु गर्यो मुटु रोग उपचार

शंकर प्रसाद पोख्रेल

 

बुटवल,रुपन्देही ,  भवानी सिटी हेल्थ क्लिनिकको मुटु रोग उपचार केन्द्रको सुभारम्भ गरिएको छ । बुटवल–६ स्थित भुड्कीचोक रुचिका फार्मेसीमा मुटु रोगको सम्पूर्ण उपचारसहित आइतबारदेखि सेवा शुरु  गरिएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोशन घिमिरेले दैनिक रुपमा बिरामी हेर्नेगरी सेवा सुरु गरिएको     छ।

यहि साउन  ७ गतेदेखि १२ गते सम्म बरिस्ठ  मुटुरोग विशेषज्ञद्वारा निःशुल्क परामर्श शिविरका साथै गुणस्तरीय ईको तथा ईसिजीमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको भवानी सिटि हेल्थ सेन्टरका प्रबन्ध निर्देशक  सन्तोष खरेलले जानकारी दिनुभएको छ।

भवानी सिटीका तीनवटा शाखाहरु सञ्चालनमा आएका छन् भने २ वटा शाखाहरु शुभारम्भको तयारीमा रहेका निदेशक खरेलले जानकारी गराउनुभयो। बुटवलको चाँदबारी चोकमा रहेको मधुमेह शाखामा डा. किरण आचार्य र पुष्पलाल पार्कमा रहेको छाती तथा फोक्सो स्वास्थ्य शाखामा डा. प्रशान्त कुँवरले उपचार गर्दै  आइरहेको खरेलले जानकारी गराउनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?