
रिसभ आचार्य
बुटवल । अखिल (छैठौं) रुपन्देहीको अध्यक्षमा कुलचन्द्र शर्मा चयन भएका छन् । आज बुटवलमा सम्पन्न तेस्रो जिल्ला भेलाले शर्माको नेतृत्वमा ९ पुर्ण २ वैकल्पिक गरि ११ सदस्यीय रुपन्देही जिल्ला समिति चयन भएको छ । जसको उपाध्यक्षमा कल्पना क्षेत्री ,सचिव बिमल खरेल,सह-सचिव माधवराज विश्वकर्मा ,कोषाध्यक्ष सागर एम सि ,सदस्यहरु अविनाश खड्का ,पुजा थापा,लक्ष्मि बन्जाडे,अप्लाव आलम,वैकल्पिक सदस्यमा सरिना विश्वकर्मा ,किरण सुनार चयन हुनुभएको छ।भेलाले २ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ जसमा सरोजमान सिंह,सागर बेल्बासे रहनु भएको छ ।
भेला जिल्ला अध्यक्ष सागर बेल्बासेको अध्यक्षता, केन्द्रीय सचिव सरोजमान सिंहको प्रमुख आतिथ्यता ,जिल्ला सदस्य सागर एम सि को स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रमको सन्चालन कोषाध्यक्ष बिमल खरेल गर्नु भएको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंह ले विद्यार्थीको अत्यधिक र अनियन्त्रित वैदेशिक पलायनलाई रोक्न राज्य गम्भीर बन्नुपर्ने अवस्था रहेको बताउनुभयो । बालबालिकालाई राज्यप्रतिको निराशाबाट बाहिर निकाल्न अखिल (छैठौं)ले निरन्तर कोसिस गरिरहेकाले अभिभावकले पनि बालबालिकालाई सङ्गठित गर्नुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । त्यस्तै कार्यक्रमका अतिथि वामपन्थी नेता सुरेश थापाले देश जटिल परिस्थितिमा गएको हुदा अब युवा विद्यार्थी हरुले बुर्जुवा पार्टीको विरुद्ध संघर्ष गर्दै देशलाई र देशको शिक्षा नितिलाइ फरक सिराबाट अगाडि बढ्नु वेला आएको बताउनु भएको थियो ।कार्यक्रमलाई कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य,राजमो रुपन्देही अध्यक्ष टान बहादुर केसि ले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भेलामा अखिल छैठौंका केन्द्रीय सदस्य रिसव आचार्य ,संजिला बुढा, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्र बहादुर केसि ,अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष मिलन पोख्रेल ,राजमो नेता भिमलाल न्यौपाने लगायत आतिथ्यता रहेको थियो ।भेला पछि ३ सदस्य अध्यक्ष मण्डल गठन गरि बन्द सत्र कार्यक्रम अगाडि बढेको थियो जसमा रिसव आचार्य ,दिपा विश्वकर्मा ,बिमल खरेल चयन हुनुभएको थियो ,बन्द सत्रमा जिल्ला अध्यक्ष सागर बेल्बासेले जिल्लाको सांगठनिक अवस्था र गतिविधिको बारेमा रिपोर्टिङ गर्नु भएको थियो तत् पश्चात् नया समिति गठन प्रक्रिया अगाडि बढाइ समिति चयन गरिएको थियो ।