
बुटवल/ पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेको लहर चलेको छ।त्यसैक्रममा शनिबार एक कार्यक्रमकामा सियारी गाउपालिक वडा न ६ का लामो समय कम्युनिस्ट आन्दोलनमा भुमिका निर्बाह गरेका शंकर प्रसाद थारुका छोरा त्रिभुवन थारु, नेकपा माओवादीका प्रमोद आचार्य लगायत एक दर्जन भन्दा बढी नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका छन।जसमा नेकपा एमाले बाट कृष्ण माया थारु,रुद्र कुमारी थारु,प्रदेशी केवट,राजु हरिजन, छेदी प्रसाद थारु,बिस्नु प्रसाद थारु, उषा देबि चौधरी ,माया थारु श्री निवास थारु,जमुना कुमारी थारु,नरेश थारु,लक्ष्मी थारु र राप्रपा बाट अशोक कुमार हरिजन प्रबेश गरेका छ्न।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज वसन्त सीले अहिलेको देशको संकटको समाधान एकीकृत जनक्रान्ति माध्यमबाट नेपाली विशेषताको समाजबादले मात्र सम्बोधन गर्ने भएकाले आम उत्पीडित तथा श्रमिक जनता,राष्ट्रिय पुजिपती, देशभक्त,बामपंथी, प्रगतिशील र सच्चा लोकतन्त्रबादी एकठाउमा हुन अनिवार्य आवस्यक भएको बताएका थिए।
उक्त कार्यक्रम नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सी,सियारीका/ सुद्धोधन इन्चार्ज मुकेश सी, सेक्रेटरी दिपक सीको उपस्थिति रहेको थियोे।