मङ्लबार, माघ ८, २०८१

मसाल निकट अखिल नेपाल महिला संघकाे वार्ड भेला मच्छिमा सम्पन्न

 

प्यूठान झिमरुक
अखिल नेपाल महिला संघ झिमरूक गाउँ पालिका वार्ड नं ५ काे भेला मच्छीमा सम्पन्न भएको छ।
कविता जिसीकाे अध्यक्षतामा प्रारम्भ भएको भेलाकाे  संचालन प्रमिशा जिसीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट माैनधारण पछि शुरू भएको भेलामा स्वागत बसन्ता जिसीले गर्नुभएको थियो । संगठनको आवश्यकता र व्यवस्थित कसरी गर्ने सम्बन्धमा बक्ताहरूले गहकिला बिचार राख्नु भएको थियोे ,जस्मा प्रमुख अतिथि संघ कि केन्द्रीय सचिव तारा जिसी,अतिथिहरू अखिल नेपाल महिला संघ झिमरूक कि अध्यक्ष शकुन्तला जिसी र राजमाे जिल्ला काेषाध्यक्ष टीका बहादुर जिसी हुनुहुन्थ्यो ।भेलाले विना विक काे अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेकाे छ। समितिकाे उपाध्यक्षमा शारदा जिसी,सचिव रिता विक,सहसचिव प्रमिशा जिसी,काेषाध्यक्ष बसन्ता खड्का,सदस्यहरूमा कमला जिसी,विस्ना बस्नेत,मुना जिसी,राममायाँ जिसी,तारा परियार,शारदा जिसी,ज्ञानु केसी सल्लाहकारमा शकुन्तला जिसी,कविता जिसी,बसन्ता जिसी र पवित्रा जिसी रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?