बिहिबार, भदौ १२, २०८२

नौबहिनी-५ डामृको वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न 

 

बिमला पौडेल 

प्यूठान नौबहिनी गाउँपालिका वडा नम्बर ५ डामृले आर्थिक वर्ष ०८०/०८१ मा सप्पन्न भएका योजना तथा कार्यसम्पादनको सार्वजनिक सुनुवाई गरेको छ ।

बुधवार वडा कार्यालय डामृमा आयोजनामा भएको कार्यक्रममा वडाको वार्षिक रुपमा सप्पन्न भएका योजना, कार्य सम्पादन र सेवा प्रवाहको विषयमा छलफल तथा बहस भएको हो ।

कार्यक्रममा वडा सचिव ज्ञान बहादुर घर्ति र प्राबिधिक महेन्द्र बिष्टले योजना र वडाका गतिविधिबारे जानकारी दिनुभएको थियो । सहभागीले प्रभावकारी योजना बनाउनुपर्ने सुझाब दिएका छन । सहभागीले वडा भवन, सभाहल, सडक, खानेपानी, झोलुङ्गे पुल, विद्यालय, खोप केन्द्र लगायतको समस्या समाधान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष दलराज पुनले जनताको समस्या, सुझाब लिनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले प्राप्त सुझाबलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको सहजीकरण बास नेपाल प्युठानका अध्यक्ष जुमान सिंह केसी र निवर्तमान अध्यक्ष सुजल श्रेष्ठले गर्नु भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?