प्युठानमा रक्तिम सांस्कृतिक अभियानको जिल्ला भेला सम्पन्न
झिमरुक पोस्ट
शुक्रबार, साउन १८, २०८१
शिव पन्थी, खलङ्गा ।
प्युठानमा रक्तिम सांस्कृतिक अभियानको जिल्ला भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यमा २०८१ साउन १७ बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाले भन्नुभयो– छाडा संस्कृति विरुद्ध जनवादी संस्कृतिको विकाश गर्नुपर्ने भएकाले पहिला त आफू बदलिनुपर्छ र मात्र देशभित्रका विकृति र विसङ्गति विरुद्धको आन्दोलनले सफलता प्राप्त गर्न सक्छ, त्यससँगै र जनवादी क्रान्तिको आधार तयार पार्न मदत पुग्छ ।’
भेलाका विशेष अतिथि राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाकार सुरेश थापाले सो अवसरमा महत्त्वपूर्ण मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठानका प्रवक्ता राम पहाडी, राजमो जिल्ला सदस्य लक्ष्मी पन्थी, राजमो स्वर्गद्वारी नगरपालिका समितिका कोषाध्यक्ष शिव पन्थीले पनि भेला सफलताको शुभकामना दिनुभएको थियो ।
भेलाले बिन्दु परियार अध्यक्ष रहनुभएको नौ पूर्ण पाँच सल्लाकार सदस्यसहित १४ सदस्यीय रक्तिमको प्युठान जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रेकम रसाइली, सचिवमा गिगेन्द्र मल्ल र कोषाध्यक्ष खिमा घर्ती रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा मनिषा विक, सागर सुनार, आशा सुनार र अनिता पुन रहनुभएको छ ।
भेलाले लेख बहादुर थापा, अस्मिता विक, लक्ष्मी पन्थी, निशा रोका र दीक्षिप्तालाई सल्लाहकारमा चयन गरेको छ ।
रेकम रसाइलीको अध्यक्षता तथा लेखबहादुर थापाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनट मौनधारणपछि बिन्दु परियारले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।