राष्ट्रिय जनमोर्चा र अखिल छैठौंको प्युठान रुपन्देही सम्पर्क समितिमा योगि र एमसि
झिमरुक पोस्ट
आइतवार, साउन २०, २०८१
शङ्करप्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चा र अखिल (छैठौं) का प्युठान–रुपन्देही सम्पर्क समितिको भेला सम्पन्न भएको छ ।
भेलाले राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क समितिको अध्यक्षमा दिपक योगि र अखिल छैठौंको अध्यक्षमा सागर एमसिलाई चयन गरेको छ।
राजमो लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा २०८१ साउन १९ गते शनिबार बुटवलमा उक्त भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि खत्रीले देशको अस्तित्व खतरामा रहेको विश्लेषण अगाडि सार्नुभयो ।
उहाँले भन्नुभयो– ‘देश बचाउनका लागि आम नेपाली जनतामा राजनीतिक चेतना निर्माण हुनुपर्दछ ।’
कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, सल्लाहकार वासुदेव पोख्रेल, राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीलगायतले मन्तव्य राख्नुभएको थियो ।
भेलामा राजमोका सरिता जिसी र दीपक बस्नेतले पनि आआफ्ना भनाइ राख्नुभएको थियो ।
सो अवसरमा प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष श्यामलाल पोख्रेल, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो रुपन्देही सचिव कृष्णप्रसाद पोख्रेल, राजमो नेताहरू बाबुराम विक, दिलिप रसाइली, अखिल नेपाल युवक सङ्घका मिलन पोख्रेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य कुलचन्द्र शर्मा, राजमो लुम्बिनी प्रदेश कार्यालय सचिव भीमलाल न्यौपानेलगायतको आतिथ्य रहेको थियो ।
भेलाको अध्यक्षता दीपक योगीले, स्वागत सागर एमसीले र सञ्चालन नन्दु पोख्रेलले गर्नुभएको थियो ।
भेलाले राजमो र अखिल (छैठौं) का छुट्टाछुट्टै प्युठान–रुपन्देही सम्पर्क समितिको नयाँ समिति निर्माण गरेको छ ।
राजमो सम्पर्क समितिको अध्यक्षमा योगी
भेलाले राजमो प्युठान–रुपन्देही सम्पर्क समितिको अध्यक्षमा दीपक योगीलाई चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मनबहादुर सुनार, सचिवमा नन्दप्रसाद पोख्रेल, सहसचिवमा सुशीला पोख्रेल र कोषाध्यक्ष दीपक बस्नेत रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा शान्ता पोख्रेल, दीपक रोका, रमेश भण्डारी, पदम पौडेल, हिमलाल पौडेल, सागर एमसी, उमाराम आचार्य, रामचन्द्र श्रेष्ठ र वसन्ता आचार्य रहनुभएको छ ।
भेलाले शिव पौडेल, बाबुराम विक, धनबहादुर जिसी, दिलिप रसाइली र केपी पोख्रेललाई सल्लाहकारमा चयन गरेको छ ।
अखिल (छैठौं) सम्पर्क समितिको अध्यक्षमा एमसी
त्यस्तै, अखिल (छैठौं) प्युठान–रुपन्देही सम्पर्क समितिको अध्यक्षमा सागर एमसी चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षमा छवि रानामगर, सचिवमा माधव विक, सहसचिव प्रकाश विष्ट र कोषाध्यक्षमा रविना श्रेष्ठ रहनुभएको छ ।

एवम् प्रकारले सदस्यहरूमा सुरेश सुनार, किरण सुनार, निश्चल केसी, पुष्पा राना, ऋता विक, वसन्ता विक, वर्षा पोख्रेल, दीपेन्द्र परियार, सपाली पोख्रेल, आरोही पोख्रेल, सन्दीप रोका, बिनिता श्रेष्ठ, विशाल ज्ञवाली, मनिस विक र सन्दीप खड्का रहनुभएको छ ।
समितिको सल्लाहकार केशव बुढाथोकी र अनिल थापा रहनुभएको छ ।