
बुटवलमा डोकोमा डुलेर व्यापार गर्ने एक महिलालाई शनिबार बुटवलको नगर प्रहरीले दुर्व्यवहार गरेको घटनाको बिरोधमा नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाले महिलाइ न्याय र दोसिलाइ कारबाहीको माग गर्दै आज बुटवल उपमहानगरपालिकामा मेयर लाई ज्ञापनपत्र बुझाएको छ।
बुटवलको अस्पताल लाइनमा डोकोमा १५ किलो फलफूल बेच्ने क्रममा महिलालाई पुरुष नगर प्रहरीले लखेटेर लगाएको कपडासमेत च्यातिदिएपछि सामाजिक संजालमा समेत कडा बिरोध भैरहेका बेला नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाले बिरोध स्वरुप आज मेयर खेलराज पाण्डे र उपमेयरलाई ज्ञापन पत्र बुझाएको माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसालले जानकारी दिनुभएको छ।
।
पीडित टिका श्रीस मगरलाई नगर प्रहरीले उनको कपडा च्यादिएर घोर अन्याए गरेको माओबदिले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ साथै वक्तव्यमा केन्द्र देखि स्थानीय तहसम्म एमाले र कांग्रेस मिलेर गरिब निमुखा र सर्बहरालाइ शोषण गर्ने अन्याय गर्ने उदेश्य स्वरुप गठबन्धन बनेको वक्तव्यमा उल्लेख छ।
बुटवल नगर प्रहरीले लछारपछार गर्दा पीडित टिका श्रीस मगरको ब्लाउज च्यातिएर अर्धनग्न भएकी थिइन । यस्तो घटना घट्दा समेत महिला अधिकारकर्मी मानव अधिकार बादिहरु चुप बस्नु लज्जास्पद विषय भएको माओबादी केन्द्र बुटवल उपमहानगर पालिकाले जनाएको छ।
साथै दोसिलाइ कारबाही र पीडितलाई न्याय दिन समेत माओबादि केन्द्र बुटवल उपमहानगर पलिकाका अध्यक्ष महेन्द्र भुसाल र सचिब सागर न्यौपाने द्वारा हस्ताक्षर गरिएको वक्तव्यमा उल्लेख गरिएको छ।