
अखिल (छैठौं) मल्लरानी गाउँपालिकाको तेस्रो भेला आज जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ।
छैठौंका महासचिव सुवाश जि.सि.ले व्यानर पढेर भेलाको उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथिको आसनवाट बोल्दै जि.सि.ले नयाँ पिंढिमा वढ्दै गैइरहेको राजनैतिक वितृष्णाले देशलाई ठूलो नोक्सान पुराउने कुराको जिकिर गर्नुभयो । उहाँले राजनीति नसुध्रीय सम्म समाजका कुनैपनि आयाममा सुधार नहुने भन्दै राजनीतिलाई सुधार गर्न युवा विद्यार्थी र सचेत वर्गले राजनीतिमा भाग लिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो अहिले आम रुपमा विद्यार्थीले राजनीति गर्नुहुँदैन भनेर दुष्प्रचार गरिएको छ। सचेत र जागरुक वर्गले राजनीति नगरेर लठैतहरुको हातमा राज्यसत्ता बुझाएपछि देशको दुर्गती बाहेक अरु केही नहुने भन्दै विद्यार्थीलाई सक्रिय राजनीतिमा संगठित हुन आव्हान समेत गर्नुभयो ।
भेलामा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष वोमवहादुर खत्री, अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल, अखिल नेपाल किसान महासंघ प्युठानका अध्यक्ष गिरिराज पौडेल, अनेशिसंघ प्रदेश सचिव कल्याण खड्का, अखिल नेपाल युवक संघका उपाध्यक्ष हुमलाल नेपाली लगाएतका अतिथिको आतिथ्यता एवम् शुभकामना मन्त्व्य रहेको थियो ।
भेलाले सावित्रा नेपालीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा पर्वत रानामगर, सचिवमा करिष्मा परियार, सहसचिवमा भुमिका सेन र कोषाध्यक्षमा प्रशान्त पौडेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिवस नेपाली, निसा राना, सारदा केसि, विजय जिएम, निश्चल परियार, सम्झना नेपाली, खिमा पुन, रिता परियार लगाएत रहनुभएको छ।
कार्यक्रमको संचालन छैठौंका जिल्ला अध्यक्ष केशव बुढाथोकी र अध्यक्ष सावित्रा नेपालीले गर्नुभएको थियो ।
अखिल (छैठौं) प्युठानले जिल्लाका सबै पालिकाहरुमा संगठन निर्माणको कामलाई तिव्रता दिएको छ। आगामी असोज २ र ३ गते अखिल (छैठौं) प्युठानको जिल्ला सम्मेलनको मिति तय गरिएको जिल्ला अध्यक्ष केशव वुढाथोकिले जानकारी दिनुभयो ।