
अखिल (छैठौं) झिमरुक गाउँपालिकाको भेला मच्छीमा सम्पन्न भएको छ। भेलाले रविन एम.सि.को अध्यक्षतामा २५ सदस्यीय नयाँ समितिको चयन गरेको छ।
भेलामा नेकपा (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जि.सि, र अखिल (छैठौं)का महासचिव सुवाश जि.सिले प्रशिक्षणात्मक मन्त्व्य राख्नुभएको थियो । त्यसैगरी अखिल नेपाल किसान संघका सचिव विरवहादुर जि.सि., राजमो झिमरुकका सचिव देवेन्द्र जि.सि., वडा न.५ का वडा सदस्य वदि पोख्रेल लगाएतका नेताहरुले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
नव गठित समितिको उपाध्यक्षमा जलजला खत्री, सचिव सविर वस्नेत, सहसचिव सन्दिप विक र कोषाध्यक्षमा रिता विक रहनुभएको छ। त्यसैगरी समितिको सदस्यहरुमा- समिक्षा पोख्रेल, निशा केसि, रन्जित सुनार, उर्मिला परियार, सुप्रीम वस्नेत, जलजला थापा, विकास विक, सुदर्शन गिरि, रुपक ढकाल, एन्जिला पन्थी, रजिना जिसि, सुशन एम सि, स्वर्णिम कुमार खत्री, समिक्षा जिसि, भुवन सुवेदी, मनिशा विक, प्रमोद विक लगाएत रहनुभएको छ।
भेलाको अध्यक्षता गौमुखी क्याम्पसका स्ववियु सभापती रजत जिसि र संचालन जिल्ला सहसचिव रविन एमसिले गर्नुभएको थियो ।