
प्युठान गौमुखी गाउँपालिकाले राष्ट्रिय परिक्षा बोर्ड बाट लिइने कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
कक्षा १२ को प्रकाशित नतिजा अनुसार गौमुखी माध्यमिक बिधालय ठुलाबेसी बाट ३.६३ जीपीए ल्याउन सफल हिमाल गिरीलाई गौमुखी गाउँपालिकाले नगदसहित सम्मान गरेको हो।
साधारण धारतर्फ प्युठान जिल्ला प्रथम हुन सफल भएको भन्दै गौमुखी गाउँपालिका ठुलाबेसी निवासी हिमाल गरीलाई गाउँपालिकाले २०८०/०८१ को वार्षिक प्रगती समिक्षा कार्यक्रममा सम्मान गरेको हो।
गिरीलाई गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी,उपाध्यक्ष महाबिर राना र प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम पौडेलले सम्मान पत्र र खादाले सम्मान गर्नु भएको थियो।
साथै जिल्लाकै उत्कृष्ट हुन सफल बिध्यार्थी गिरीलाई पालिकाले उच्चशिक्षामा सहयोग पुगोस भनी एकलाख रकम प्रदान गर्ने गाउँपालिका बाट निर्णय भएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले बताउनुभयो ।
कार्यक्रममा बधाई ज्ञापन गर्नुहुँदै पालिका अध्यक्ष बिष्णु कुमार गिरीले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताउनुभयो । प्राप्त नतिजाले सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अङ्क ल्याएर विद्यार्थी उत्तीर्ण हुनसक्छन् भन्ने सन्देश फैइएको उल्लेख गर्नुभयो।
गौमुखी मा.वि मा हाल ७ सय ८५ जना विद्यार्थी अध्ययनरत छन्।शैक्षिक क्षत्रमा मात्रै नभई अन्य विभिन्न खेलकुदमा पनि जिल्लामा नै उत्कृष्ट विद्यालयका रुपमा गौमुखि माध्यमिक बिधालयलाई लिन सकिन्छ ।
गौमुखी माध्यमिक बिधालयबट शैक्षिकसत्र २०८० मा १ सय ७० जनाले परीक्षा दिएकामा ६८जना उतिर्ण भएको विद्यालयका सहायक प्रध्यानाध्यापक जायश्वर जैशिले जानकारी दिनुभयो।