
प्युठान नेकपा माओवादी केन्द्रका केन्द्रिय उप- महासचिव बर्षमान पुनले नेपाली काङ्ग्रेस र नेकपा एमाले पहिलो दोस्रो पार्टी मिलेर सरकार बनाउनु देशको लागि दुर्भाग्य भएको बताउनु भएको छ।
प्रेस सेन्टर नेपाल प्युठानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले भन्नू भयो बिश्वमा र हाम्रो यसियामै एस्तो घटना नभएको भन्दै यो अलोकतान्त्रिक र अप्रजातान्त्रिक तरिका भएको बताउनुभयो।
देशको सर्वोत्तम हितको निम्ति गठबन्धक होइन नेपाली जनताको आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा रहेको भन्दै सबै नेपाली सचेत हुन आग्रह गर्नुभयो। पुनले भन्नुभयो यो सरकारले जनमैत्री, सुशासन र भ्रष्टाचारको अन्त्य भन्दा पनि त्यसैलाई मलजल गर्नतर्फ उन्मुख रहेको आरोप लगाउनुभयो।
प्रचण्ड नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारका बिरुद्ध गतिविधि अगाडि बढाइएको र त्यसबाट अत्तालिएर काङ्ग्रेस एमाले गठबन्दन भएको बताउनुभयो।
राष्टियता, स्वाधीनता र जनताको अधिकारका निम्ति पार्टी संसद र सडक दुबै ठाउँबाट सशक्त भुमिका निर्वाह गर्ने बताउनुभयो।
भालुबाङ- प्युठान खलंगा नाम संसोधन किन र दुई ल्यान्डको लागि किन पहल गर्नुभएन भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै उहाँले आफुले नाम संसोधनमा कुनै भुमिका नरहेको र बाटोको स्तरवृद्धिको लागि रातोकिताबमा योजना भएको तर भौतिक मन्त्रालयबाट थोरै राखिएको छ त्यसलाई हामी आगामी दिनमा थप गर्न पहल गर्ने बताउनुभयो।
पार्टी एक प्रश्नमा उहाँले दुइ वर्षभित्र संविधान संसोधन हुन नसक्ने भन्दै यो काङ्ग्रेस एमालेले जनतामा भरम फैलाएको बताउनुभयो
बाग्दुला ठुलाबेसी सडक अझै अन्योलमा छ:
पुर्व अर्थमन्त्री बर्षमान पुनले पत्रकारले राखेको प्रश्नको जवाफ दिदै भारतीय एक्जियम बैंकको ऋण सहयोगमा बाग्दुला- ठुलाबेसी, भिमगिठे सडक र दाङको लमही घोराही सडक बजेट सहित योजनामा छ । तर त्यो विभिन्न बाधा अबरोधले समयमै काम हुन सकेन अहिले पनि हटाइएको छैन तर त्यसलाई सडकबाट संसोधन गरि अन्य बिधुत लगाएतका कार्य गर्ने बारेमा छलफल र योजना थियो त्यो हुन सकेको छैन भन्दै यसका कानुनी र ब्यबहारिक पक्षबाट समेत कठिनाइ उत्पन्न भएकोले अगाडि बढ्न नसकेको बताउनुभयो।