शनिबार, पुस ५, २०८२

अखिल नेपाल युवक संघ मल्लरानी गाउँपालिकाको दोस्रो भेला: अध्यक्षमा बामदेव पौडेल

प्युठान नेकपा मसालको भातृ संगठन अखिल नेपाल युवक संघ मल्लरानी गाउँपालिकाको दोस्रो भेला आज खलंगामा सम्पन्न भएको छ।

अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथि हुमलाल नेपालीले देशको शासन सत्ता परिवर्तनमा पार्टीको सहायक दस्ताको रुपमा रहेका युवाहरू देशको आमुल परिवर्तनका लागी, कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याउनका लागि युवाहरु सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले लाखौं युवाहरु बेरोजगारको कारण वैदेशिन परेको अवस्था दर्शाउदै सरकार युवामैत्री रोजगार स्वरोजगारका कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो।

भेलामा अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय महासचिव अमरध्वज रानामगर, नेकपा मसाल प्युठानका प्रवक्ता राम पहाडी,अखिल नेपाल युवक संघ प्युठानका अध्यक्ष कमल पौडेल,प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य जुमान सिंह केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो।

बोल्ने वक्ताहरुले नेकपा मसालको बिचार, दृस्ठिकोण सहि भएकोले युवाहरु त्यसैमा गोलबन्द हुन आग्रह गरेका थिए। शुभकामना मन्तव्य राख्दै उनिहरुले देशमा युवा शक्ति खाली हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै नेपालका शासकहरुले युवालाई देशमा राख्ने ब्यबस्थाका लागि गम्भीर भएर लाग्न आग्रह गरेका थिए ।
देश बिकासमा युवाको महत्त्वपूर्ण भुमिका रहेको भन्दै सत्तामा बस्ने नेतृत्वलाई युवाहरुले खबरदारी गर्नपर्ने आवस्यकता औल्यकाथिए ।

भेलाको अध्यक्षता युवक संघका गितेन्द्र मल्लले गर्नु भएको थियो भेलामा स्वागत मन्तव्य युवक संघ प्युठानका सदस्य सीता पुनले गर्नुभएको थियो।
भेलाले बमदेब पौडेलको अध्यक्षतामा १३ सदस्य मल्लरानी गाउँपालिका स्तरीय अखिल नेपाल युवक संघ समिति निर्माण गरेको छ। जसको उपाध्यक्ष चिनियामान श्रेष्ठ सचीव रबिन्द्र पुन. कोषध्यक्ष अम्बिका सुनार रहनु भएको छ।

भेलाको संचालन चिनियामान श्रेष्ठले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal