बिहिबार, भदौ २७, २०८१

स्वास्थ्यको कार्यसम्पादन मुल्यांकनका आधारमा गौमुखी गाउँपालिका जिल्लाकै पहिलो

जुमान सिंह के.सी.
प्युठान  स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा  आ.व. २०८०। २०८१ मा सम्पादित  स्वास्थ्यका कार्याक्रमहरुको  जिल्ला स्तरिय बार्षिक समीक्षा कार्याक्रम सम्पन्न भएको छ।
भदौ १६ र १७ गते दुईदिन सम्म स्वास्थ्य कार्यालय  प्युठान बिजुवारमा संचालन भएको कार्यक्रममा  स्वास्थ्य संस्थाहरुले वर्षभरी संचालित कार्यक्रमहरुको समिक्षात्मक छलफल भएको स्वस्थ्य कार्यालय प्युठानले जनाएको छ।

बार्षिक समिक्षा कार्यक्रमकै अवसरमा कार्यसम्पादन मुल्यांकनका आधारमा जिल्लाका ९ वटा स्थानीयतह मध्य ०८०/०८१ मा गौमुखी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरि माण्डबी गाउँपालिका दोस्रो र ऐरावती गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको हो।

त्यसैगरि जिल्लाका स्वास्थ्य सस्थाहरु मध्येबाट गौमुखि गाउँपालिकाको वडा नं. २ को अर्खा स्वास्थ्य चौकि पहिलो, पुरनठाटी स्वास्थ्य चौकी ऐराबती  दोश्रो,  माण्डवी गाउँपालिकामा रहेको देबिस्थान स्वास्थ्यचौकि तेस्रो भएको छ।

स्वास्थ्यको विभिन्न सुचकका आधारमा प्रत्येक बर्ष जिल्लाका स्थानीयतह तथा स्वास्थ्य संस्थालाई उत्कृष्ट छ्नौट गरि प्रमाणपत्र सहित सम्मान गरिएको स्वास्थ्य कार्यालय प्युठानका निमित्त  कार्यालय प्रमुख मधुसूदन खड्काले बताउनुभयो।
समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले स्वास्थ्य जस्तो संबेदनसिल क्षत्रलाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो उहाँले ” स्वस्थ्यकर्मीहरु  आमनागरिकलाई सरल, सहज र नम्र ब्यवहार गरि  सेवादिन सक्नुपर्ने बताउनुभयो।

समग्र स्वास्थ्य सेवा प्रदान गर्न र तथ्यांकमा आधारित मूल्याकंनको आधारमा हामीले गरेको खोप कार्यक्रम राम्रोभयो, सुरक्षित मातृत्व सेवा अन्तरगत स्वास्थ्य सस्थामा सुत्केरीदर राम्रो, परिवार नियोजन , क्षयरोग पहिचानदर र उपचारमा सफलता, सरकारको मापदणड अनुसार स्वास्थ्य संस्थाहरुको भवन निर्माण लगाएतका सुचक राम्रोभएको र जनप्रतिनिधि कर्मचारी र सबै स्वास्थ सस्थाहरुको सक्रियताले गौमुखी गाउँपालिका प्रथम स्थान हासिलगर्न सफल भएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?