शनिबार, भदौ २९, २०८१

राष्ट्रिय जनमोर्चा प्युठानले २१ बुदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जुमान सिंह केसी
प्युठान राष्ट्रिय जनमोर्चा प्युठानले जिल्ला प्रशासन कार्यालय प्युठान मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझएको छ।
राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा गएको एक टोलिले प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मालाई हस्तान्तरण गरेको हो।
राष्ट्रिय जनमोर्चाले जिल्लामा देखापरेका समस्या र राष्ट्रिय स्तरका समस्या तथा सवालहरुमा सरकार गम्भीर हुन आग्रह गरेको छ।बिग्यप्तीमा भनिएको छ” सरकारको निति, कार्यक्रम तथा व्यबहारले आम जनतामा असन्तुष्टि पैदा गरेकोले सरकार गम्भीर बन्नुपर्ने, आन्दोलनबाट उपलब्ध भएको गणतन्त्र खतरामा पर्दै गएको,ठूलो संख्यामा गैर नेपालीले नागरिकता पाउदै जादा वास्तविक नेपाली अल्पमतमा पर्नसक्ने खतरा बढ्दै गएको, राष्ट्रघाती एमसिसी खारेज गर्ने,१९५०लगाएतका सन्धि खारेज गर्नुपर्ने,  कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्ने, संघीयताले देशको लागि उपयुक्त नभएकोले खारेज गर्नुपर्ने, कालोबजारी, कृत्रिम अभाव,मुल्यबृधि आदि रोक्नपर्ने, भ्रष्टाचार तथा बलात्कारका घटनामा गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ।

साथै पत्रमा भनिएको छ जिल्लामा यातायात क्षत्रमा देखिएको सडक दुर्घटना न्यूनीकरण गर्नुपर्ने, भालुबाङ- बाग्दुला -ठुलाबेसी भिङिठे सडक तत्काल निर्माणकालागि ध्यानदिनुपर्ने,ग्रामीण सडकमा मापदण्ड बिपरित महँगो भाडादर उचित भाडा कायम गर्नुपर्ने, विभिन्न पुल, सिचाइ र बिधुतीकारण नभएको ठाउँमा छिटो बिधुतीकरण गर्नपर्ने र नदिनियन्त्रण, सडक सुधार , नौमुरे जलविद्युत परियोजना कार्यान्वयन गर्नुपर्ने, अस्पतालको स्तरवृद्धि र दरबन्धी ब्यबस्थापन तथा पालिका अस्पताल संचालन गर्नुपर्ने लगाएतका २१ बुदे मागसहित ज्ञापनपत्र पेश गरिएको राष्ट्रिय जनमोर्चा प्युठानका सचीव केशवराज आचर्यले बताउनुभयो।

ज्ञापनपत्र पेशगर्ने प्रतिनिधि मन्डलमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्का, लुम्बिनी प्रदेश सल्लाहकार शुरेस थापा, पुर्व लुम्बिनी प्रदेशसभा सदस्य तारा जिसी, नेता नारायण जिसी,केशवराज आचर्य, टीक जिसी, अर्जुन थापा लगाएत जिल्लाका नेताहरुको सहभागीता रहएको राष्ट्रिय जनमोर्चा प्युठानले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले ज्ञापनपत्र बुझ्दै जनताका समस्याको बारेमा ध्यानाकर्षण गराएकोमा धन्यवाद दिदै जिल्लामा देखिएका समस्याहरुमा सम्बन्धित सरोकारवाला निकायलाई सचेत गराउने र आफ्नो क्षत्रबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले कतिपय सवाल प्रदेश र संघीयतहबाट सम्बोधन गर्नपर्ने देखीएकोले तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने जानकारी दिनुभएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?