शनिबार, साउन १२, २०८१

मसाल महामन्त्री सिंह द्वारा प्युठानको बिकासकोलागि योजना आयोगको ध्यानाकर्षण

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्युठानको विकासका लागि राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराउनुभएको छ । महामन्त्री सिंहले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलसँग उहाँकै कार्यकक्ष सिंहदरबारमा भेटघाट गर्नुभएको छ ।

महामन्त्री सिंह, प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेल र झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल आयोग उपाध्यक्ष कँडेललाई भेट्न जानुभएको थियो ।

भेटका क्रममा महामन्त्री सिंहले प्यूठानको समग्र विकासको बारेमा राज्यको ध्यान जानुपर्ने विषयमा जोड दिनुभएको थियो । जवाफमा आयोगका उपाध्यक्ष कँडेलले जनताको आवश्यकता र मागअनुसार विकासका परियोजना अगाडि बढाइने बताउनुभएको थियो ।

डेलिगेसनमा मुख्य रुपमा यी कुरामा जोड दिइएको प्रगतिशील पत्रकार संघका सचिव श्यामलाल पोखरेलले जानकारी दिनुभएको छ ।

१) भालुवाङ–प्यूठान सडक दुई लेनको बनाउने ।
२) बाग्दुला–भिमगिठे सडक निर्माण तत्काल कार्यान्वयनमा लैजाने ।
३) मदन भण्डारी राजमार्गको गुल्मी–प्यूठान खण्डको काम अगाडि बढाउन ।
४) प्यूठान अस्पतालको स्तरोन्नति गर्ने ।
५) स्वर्गद्वारी, गौमुखीलगायत प्यूठानको पर्यटनको विकासलाई प्राथमिकता दिनुपर्ने।

सो क्रममा छलफल सकारात्मक भएको राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले बताउनुभयो । मागहरू क्रमशः पूरा हुने विश्वास व्यक्त गर्दै बजेट निर्माणको चरणमा भएको हुनाले सुझाव सल्लाहको लागि सम्पूर्ण प्यूठानी जनतामा आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal