शनिबार, पुस ५, २०८२

संविधान दिवसको पुर्व सन्ध्यामा खलंगामा दीप प्रज्वलन

प्युठान  संविधान दिवस २०८१ को पुर्व सन्ध्यामा सदरमुकाम खलंगा पार्टीचोकमा साझ  दीप प्रज्वलन गरिएको छ ।

जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी रमा सुबेदी, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापा सहित जिल्लाका कार्यालय प्रमुख, कर्मचारी, पत्रकार तथा स्थानीयको सहभागिता  रहेको थियो ।

जिल्ला समन्वय समिति प्युठान , जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा दीप प्रज्वल्न गरिएको हो ।भोलि असोज ३ गते बिहीवार प्रभातफेरी सहित औपचारिक कार्यक्रम  सदरमुकाम खलंगामा गर्न लागिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal